Logo

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा सञ्चारमन्त्री शर्माका सल्लाहकार भूपेन्द्र भण्डारी नियुक्त

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा सञ्चारमन्त्री शर्माका सल्लाहकार भूपेन्द्र भण्डारी नियुक्त



काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।

सञ्चारमन्त्री रेखा शर्माका सल्लाहकार समेत रहेका भण्डारीलाई आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको हो ।

प्राधिकरणको अध्यक्षका लागि भण्डारीसहित २५ जनाले निवेदन दिएका थिए । आफ्नो ७ महिना कार्यकाल बाँकी रहदै सरकारको दबाबमा अध्यक्ष पुरुषोत्तम खनालले गत पुस २४ गते राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्