Logo

डाटा सेवामा केन्द्रित हुँदै एनसेल, नियामकबाट स्वीकृति पाउने वित्तिकै फोरजी संचालन

डाटा सेवामा केन्द्रित हुँदै एनसेल, नियामकबाट स्वीकृति पाउने वित्तिकै फोरजी संचालन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनीले एनसेलले ग्राहकको चाहना अनुसार डाटा सेवामा विशेष ध्यान दिने भएको छ । ईन्टरनेट सेवाको माग र ग्राहकको चाहना अनुसार कम्पनीले डाटा सेवा विस्तार गर्न लागेको एनसेलका प्रबन्ध निर्देशक साईमन पर्किन्सले बताए । ‘यो वर्ष डाटा सेवामा थप सुधार गर्नु कम्पनीकोे पहिलो प्राथमिकता हो,’ पार्किन्सले भने ।
पछिल्लो समय फोरजीले उच्च प्राथमिकता पाएको जानकारी दिँदै नियामक निकायले स्वीकृति दिने वित्तिकै आफुहरुले सो सेवा संचालमा ल्याउने उनको भनाइ छ । ‘सरकारले गरेको फ्रिक्वेन्सी नीतिको परिमार्जन गरी फोरजी सेवा सञ्चालनका लागि खुला गरेसँगै कम्पनीले १ हजार ८ सय मेगाहर्ज ब्याण्डमा थप फ्रिक्वेन्सी र आवश्यक अनुमतिका लागि नेपाल दूरसञ्चार प्राधिकरण समक्ष निवेदन दिई सकेको छ,’ उनले भने, ‘सरकारले अनुमति दिएमा २ महिना भित्रै सेवा सञ्चालनमा ल्याउने छौं ।’

केही महिना अघि मात्र एनसेलले ग्रामीण तथा दुर्गम स्थानमा विस्तार सेवा विस्तारका लागि पूर्वाधार तयार गर्न सन् २०१६ भित्र १२ अर्ब रुपैयाँ लगानी गर्ने घोषणा गरेको थियो । शहरी क्षेत्रमा नेटवर्कको क्षमता अभिवृद्घि गर्दै उच्च गतिका डाटा सेवा प्रदान गर्ने कार्यमा समेत यो लगानीको उपयोग गरिने कम्पनीले जनाएको थियो । अहिले एनसेलको मोबाईल डाटा सेवा देशका ७५ जिल्लामा र थ्रीजी प्रविधीमा आधारित उच्च गतिको डाटा सेवा ६३ जिल्लामा पुर्याएको छ ।

फोरजीमा मोबाईल ईन्टरनेटको गति सुधार हुनुका साथै उपभोक्ताले सजिलैसँग अनलाईन भिडियो हेर्न तथा गेमहरु खेल्न सक्ने पार्किन्सको भनाइ छ । पार्किन्सले आजीयाटा गु्रप अन्तर्गत फोरजी सेवा सञ्चालन गरिसकेका देशहरुको अनुभव सुनाउदै नयाँ ब्राण्ड लोगोको औपचारिक रुपमा अनावरण पश्चात एनसेलले आफ्ना ग्राहकलाई उच्च गुणस्तरीय सेवा सुनिश्चित गर्न आगामी २ वर्ष भित्रै थप ७० अर्ब रुपैयाँ लगामनी गर्ने बताएका छन् ।

जस अन्तरगत कम्पनीले सन् २०१७ र २०१८ मा औसतमा प्रत्येक वर्ष रू ३५ अर्ब लगानी गर्नेछ । हाल सम्म एनसेलले नेपालमा रु ७४ अर्ब लगानी गरिसकेको जानकारी दिएकोे छ । एनसेलमा ८० प्रतिशत सेयर लगानी रेनोल्डस् होल्डिङ्गको र २० प्रतिशत नेपालीको सेयर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL