Logo

गुगलले ल्यायो गुगल डुओ च्याटिङ एप, भिडियो कलिङलाई रोमाञ्चक बनाउन ‘नक नक’ अप्सन

गुगलले ल्यायो गुगल डुओ च्याटिङ एप, भिडियो कलिङलाई रोमाञ्चक बनाउन ‘नक नक’ अप्सन


बिजखबर संवाददाता
0
Shares

सर्च इन्जिन गुगलले फेसबुकको मेसेन्जर, माइक्रोसफ्टको स्काइपलगायत भिडियो च्याटिङलाई टक्कर दिने अभिप्रायको साथ नयाँ भिडियो च्याटिङ एप गुगल ‘डुओ’ ल्याएको छ ।
यो हाल प्रचलनमा रहेका अन्य भिडियो जस्तै छ । तर यसमा कल गर्ने व्यक्ति अर्थात कलरको लाइभ भिडियो सुरुमै देख्न सक्नेछन । जसबाट ‘डुओ’ मार्फत भिडियो च्याट गर्ने व्यक्तिको अवस्था शुरुमै थाहा पाउन सकिन्छ ।

कल गर्ने व्यक्तिको अवस्था हेरेर  उठाउने व्यक्तिले तत्काल रिसिभ गर्ने की नगर्ने भन्ने फैसला लिन सक्छ । सो फिचरको नाम हो, नक नक । यो फिचरले भिडियो कलिंगलाई दिक्क लाग्दो नबनाउने र स्वागतयोग्य बनाउने गुगलको दाबी छ ।

गुगलले सन् २०१३ देखि ह्यांगआउटका माध्यमबाट भिडियो कलिङ्गको सुविधा दिइरहेको छ । तर ह्यांगआउटले अन्य भिडियो च्याटिङ एपहरुलाई खासै धक्का दिन नसकेपछि गुगलले नयाँ एप ल्याएको हो ।

यसमा साथी र परिवारजनले कुराकानी गर्दा एक अर्कालाई हेर्न पाउनेछन् । एजेन्सि

प्रतिक्रिया दिनुहोस्