Logo

एनसेलको नयाँ लोगो अनावरण, ग्राहकलाई सुपथ मूल्यमा नविन सेवा प्रदान

एनसेलको नयाँ लोगो अनावरण, ग्राहकलाई सुपथ मूल्यमा नविन सेवा प्रदान


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मोवाइल सेवा प्रदायक एनसेलले नयाँ ब्राण्ड लोगोको आधिकारिक रुपमा अनावरण गरेको छ । कम्पनीले मंगलबार एक कार्यक्रमबीच लोगो अनावरण गरेको हो । एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स तथा आजीयाटाग्रुपका दक्षिण एशिया क्षेत्रका प्रमुख कार्यकारी डा. हान्स विजयसुर्याले संयुक्त रुपमा कम्पनीको नयाँ ब्राण्ड लोगो सार्वजनीक गरेका थिए ।

एनसेलको ८० प्रतिशत शेयरहोल्ड गर्ने विदेशी कम्पनी रेन्होल्डस् होल्डिग्समा आजीयाटाको एकल लगानी रहेको छ । रिब्राण्डिसँगै कम्पनीको रोमाञ्चक नयाँ अध्याय शुरु भएको भन्दै पर्किन्सले ग्राहकमा लागि एनसेलले सुपथ मुल्यमा नविन सेवा प्रदान गर्ने बताए ।

ncell

 

उनले आजीयाटा सम्बद्ध कम्पनीको रुपमा एनसेल उत्कृष्ट नेटवर्कको विकासमा दिर्घकालिन रुपमा लगानी गर्दै देशका अतिविकट क्षेत्रमा रहेका नागरिकलाई समेत संचारमार्फत जोड्दै नेपालको विकासमा योगदान पु¥याउन प्रतिवद्धता व्यक्त गरे ।

ncell_axiata

एनसेलले वैशाखमा सन् २०१६ का लागि रु. १२ अर्बको पूँजीगत लगानी गर्ने घोषणा गरेको थियो । यस बाहेक कम्पनीले आफ्ना ग्राहकका लागि उत्कृष्ट सेवा संचालन सुनिश्चित गर्न आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पूँजीगत तथा संचालन लगानी गर्ने पर्किन्सले जानकारी दिए ।

ncell_csr

सो अवसरमा डा. विजयसुर्याले एनसेलको रिब्राण्डिङसँगै कम्पनीमा आजीयाटाको अन्तरराष्ट्रिय दक्षता तथा एनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवा तथा सशक्त स्थानियधरोहरको बेजोड मेल भएको बताए । आजीयाटा दुरसंचार क्षेत्रमा डिजिटल तथा प्राविधिक विकासमा अग्रणी स्थानमा छ र आफ्नो स्वच्छ प्यान–एशिया ट्रयाक रेकर्डसहित नेपालमा प्रवेश गरेको छ । हामी एनसेलको विकासको योजना तथा लगानीमा प्रतिबद्ध छौं,’ उनले भने ।

ncell

एशियाको प्रमुख दुरसंचार समुहका रुपमा रहेको आजीयाटा दक्षिण एशियामा दिर्घकाल सम्म सेवा प्रदान गर्दै आएको छ । आजीयाटाको श्रीलंका तथा बंगलादेशमा २० भन्दा बढी वर्षको उपस्थिती छ । त्यस्तै पाकिस्तान तथा भारतमा पनि लगानी रहेको छ । व्यावसायिक सुशासन तथा कानुनको परिपालनामा प्रतिबद्ध समुहको रुपमा परिचित आजीयाटाको आफु उपस्थित देशहरुमा ठूला करदाताका रुपमा रहेका कम्पनीहरु छन् ।

_DSC8385

हाल करिब १ करोड ४० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको एनसेल नेपालको सबैभन्दा ठूलो करदाता रहेको छ । कम्पनीले करिब ४० हजार नेपालीलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा रोजगारीको अवसर प्रदान गरेको छ । एनसेलले नेटबर्क विकासमा करिब ७४ अर्ब लगानी गरेको छ भने देशमा ८५ अर्ब भन्दा बढीको स्थिर सम्पत्ति सृजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्