Logo

एक्जियटाको प्रवेशसँगै एनसेलको रिब्राण्डिङ, नाम एउटै लोगो परिवर्तन, २ वर्षमा ७० अर्ब लगानी

एक्जियटाको प्रवेशसँगै एनसेलको रिब्राण्डिङ, नाम एउटै लोगो परिवर्तन, २ वर्षमा ७० अर्ब लगानी


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनएनसेलमा मलेशियाको एक्जियटा ग्रूपको प्रवेशसँगे रिब्राण्डिङ भएको छ । कम्पनीले एनसेलको लोगो परिवर्तन गरेको छ भने नाम एनसेलनै राख्ने भएको छ । कम्पनीले साउन ३२ गतेबाट लागू हुनेगरी नयाँ लोगो कार्यान्वयनमा ल्याउने भएको छ । हाल एनसलेलमा एक्जियटाको लगानी रहेको रेन्होल्डस्को ८० प्रतिशत सेयर स्वामित्व रहेको छ ।

एनसेलले रिब्राण्डिङसँगै २ बर्षभित्र थप ७० अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । सन् २०१६ का लागि एनसेलले घोषणा गरेको १२ अर्ब रुपैयाँको पूँजीगत लगानीबाहेक एनसेलले आफ्ना ग्राहकका लागि उत्कृष्ट सेवा संचालन सुनिश्चितगर्ने प्रतिवद्धता अन्तर्गत आगामी २ वर्षमा थप ७० अर्ब रुपैयाँ पूँजीगत तथा संचालन लगानी गर्ने घोषणा गरेको छ ।

एशियाको प्रमुख दुरसंचार समुहका रुपमा रहेको एक्जियटा दक्षिण एशियामा दिर्घकालसम्म सेवा प्रदानगर्दै आएको छ । एक्जियटाको श्रीलंका तथा बंगलादेशमा २० भन्दा बढी वर्षको उपस्थिती छ भने पाकिस्तान तथा भारतमा पनि लगानी रहेको छ । व्यावसायिक सुशासन तथा कानुनको परिपालनामा प्रतिबद्ध समुहको रुपमा परिचित एक्जियटाको आफु उपस्थित देशहरुमा ठूला करदाताका रुपमा रहेका कम्पनीहरु छन् ।

एनसेल एक मोवाईल नेटवर्क प्रदायक मात्र नभई नेपालको व्यावसायिक नागरिक भएको एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले बताए । ‘हामी राष्ट्रको आकांक्षा बमोजिम सामाजिक आर्थिक समृद्धिका लागि सरकारसँग सहकार्य गर्न प्रतिवद्ध छौं,’ उनले भने, ‘एशियाकै प्रमुख दुरसंचार समूह एक्जियटाको सहयोग प्राप्त भएकोमा हामी हर्षित छौं ।’ एक्जियटा दुरसंचार क्षेत्रमा डिजिटल तथा प्राविधिक विकासमा अग्रणी स्थानमा रहेको र नेपालमा पनि स्वच्छप्यान–एशिया ट्रयाक रेकर्ड सहित प्रवेश गरेको उनको तर्क छ ।

एनसेलले नेपाली उपभोक्तालाई आपसमा जोड्ने प्रतिबद्धता बमोजिम टुजी/थ्रीजी जीएसएम नेटवर्क विकासका लागि हालसम्म ७४ अर्ब रुपैयाँ लगानी गरेको छ । फोरजी÷एलटिई जस्ता आधुनिक प्रविधिले नेपाली उपभोक्तालाई आफनो मोवाईल सेटमै भिडियो स्ट्रिमिङ, संगित, गेम्स तथा कारोवार गर्ने जस्ता थप विकसित फिचर तथा एप्लिकेसनको प्रयोगमा ल्याउन सम्भव भएको कम्पनीको दावी छ । नेपाली तथा नेपालको प्रगतिका लागि महत्वपूर्ण हुने यस फोरजी/एलटिई सेवा संचालनका लागि आवश्यक स्पेक्ट्रम प्राप्त हुने कम्पनीको विश्वास छ ।

दक्षिण एशियामा रहेको उपस्थितीले गर्दा एक्जियटा एनसेललाई नविन डिजिटल तथा मोवाईल सेवामार्फत अवसरहरुको लाभलिदै प्रगतिको अर्को तहमा लैजान प्रभावकारी भुमिका खेल्ने साइमपार्किन्सले बताए । ‘एक्जियटाको एशियालाई अगाडि बढाउने (एडभान्सिङ एशिया) भिजनले उत्कृृट कनेक्टिभिटी, प्रविधि तथा कौशललाई समेटेको छ,’ उनले भने, ‘त्यसैले एक्जियटासँगको यो सम्बन्धले नेपाली समुदाय तथा कर्मचारीको प्रगतिमा थप योगदान पुर्याउने छ ।’

नयाँ ब्राण्डको अनावरणसँगै एनसेलले साउन ३२ गतेबाट लागुहुने गरी आफ्ना ग्राहकका लागि नयाँ योजना ल्याएको छ । जस अन्तर्गत एनसेलका सम्पूर्ण ग्राहकले अन नेट ५० मिनेटको टक टाईम तथा ५ सय एसएमएस निःशुल्क प्राप्त गर्नेछन् ।

एनसेलका सबै ग्राहकले एष्ट्रिक्स १७१२१ ह्यास डायल गरी यो योजनामा निःशुल्क सहभागीहुन सक्छन् । साथै प्राप्त ५० मिनेट टक टाईम तथा ५ सय एसएमएस एनसेलको कुनै पनि अर्को नम्बरमा कल गर्न र एसएमएस पठाउन प्रयोग गर्न सक्छन् । यसरी प्राप्त टक टाईम र एसएमएसको समयावधि एक हप्ताको रहेको छ । यो योजना भदौ १४ गतेसम्मजारी रहने छ भने योजना अवधिमा एक पटक मात्र निःशुल्क टक टाईम तथा एसएमएस प्राप्त हुनेछ ।

एनसेल नेपालमा सन् २००४ देखि स्थापना भएको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी हो । यो २०७२ चैत २९ गते एक्जियटा ग्रुप बर्हादसँग आबद्ध भएको हो । हाल एनसेल नेपालको सबैभन्दा ठूलो करदाता रहेको छ । कम्पनीले करिब १ करोड ४० लाख ग्राहकलाई सेवा प्रदान गरिरहेको छ भने करिब ४० हजार नेपाली यसमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा काम गरिरहेका छन् । एनसेलले नेपालमा ८५ अर्ब रुपैयाँ भन्दा बढीको स्थिर सम्पत्ति सृजना गरेको छ ।

यसैगरी एक्जियटा एसियाको अग्रणी दूरसञ्चार समूहको रुपमा रहेको छ । हाल एक्जियटा १० वटा देशमा रहेको छ भने करिब २९ करोड ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ । मोबाइल नेटवर्क संचालन, संचार पुर्वाधार सेवा, डिजिटल सेवा जस्ता विविध क्षेत्रमा अनुभव संगालेको यो समुहले आफ्नो ‘एडभान्सिङ् एसिया’ को परिकल्पनामा उत्कृष्ट कनेक्टिभिटी, प्रविधि र जनशक्तिलाई एक साथ समेटेको छ ।

एक्जियटाको दक्षिण एशिया र दक्षिण पुर्वी एशियालीबजारका अग्रणी मोबाईल सेवाप्रदायकहरुमा नियन्त्रण अधिकार सहितको स्वामित्व रहेको छ । एक्जियटा ग्रूपका कम्पनीहरु मलेसियामा सेलकम, इन्डोनेसयामा एक्सएल, श्रीलंकामा डायलग, बंगलादेशमा रोबि, क्याम्बोडियामा स्मार्ट र नेपालमा एनसेलको ब्राण्डमा सञ्चालनमा रहेका छन् । एक्जियटा ग्रूपको भारतको आईडिया र सिङ्गापुरको एमवानमा पनि लगानी रहेको छ ।

आजीयाटा ग्रुपको पुर्वाधार कंम्पनी ‘इडटको’ ६ वटा देशमा सञ्चालमा छ र यसले १६ हजारभन्दा बढी मोबाईल टावर तथा १२ हाजार किमी फाइबरद्वारा दुरसंचार पुर्वाधार सेवा प्रदान गरिरहेको छ । कम्पनीले आगामी दिनमा दक्षिण एसिया र दक्षिण पुर्वी एसिया बजारकै एक प्रमुख पुर्वाधार कम्पनी हुने दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्