Logo

‘आविष्कार केन्द्रका लागि सरकारको सहयोग नलिने’ : पुन, जनताबाट ९० लाख सहयोग प्राप्त

‘आविष्कार केन्द्रका लागि सरकारको सहयोग नलिने’ : पुन, जनताबाट ९० लाख सहयोग प्राप्त


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । महावीर पुनले सरकारले आफ्नो अभियानमा चासो नदेखाएको भन्दै सरकारबाट सहयोग नलिने घोषणा गरेका छन् । मंगलवार राजधानिमा एक पत्रकार सम्मेलन आयोजना गर्दै यस्तो घोषणा गरेका हुन् ।

सहयोगका लागि जनतासमक्ष पुगीसकेकोले अव सरकार समक्ष नजाने बताए । ‘सरकारलाई धेरै पटक आग्रह गरे’ उनले भने ‘अव जनताबाट सहयोग आउन थालिसकेकोले फेरी सहयोगका लागि जान्न ।’ उनी राष्ट्रिय आविष्कार केन्द्र स्थापनाका लागि जुटेका छन् । सो अवसरमा उनले आविष्कार केन्द्र स्थापना गरेर पुनले मुनाफा कमाउन लाग्यो भन्ने शंका गरिन थालेकोमा त्यसपछि ध्यानाकर्षण भएको बताए । ‘ आविष्कार केन्द्र मुनाफा वितरण नगर्ने कम्पनी हो’ उनले भने ‘कम्पनीको सम्पूर्ण आय राष्ट्रको विकासका लागि खर्च गरिन्छ ।’

त्यस्तै यसबाट आउने मुनाफा बोनसको रुपमा लिन नपाउने उनले जानकारी दिए । त्यसैगरी तलव,भत्ता,सुविधा नहुने व्यक्तिगत स्वार्थका लागि नखुलेको स्पष्टिकरण दिए ।आविष्कार केन्द्रले प्रतिभाशाली व्यक्तिले आइडिया लिएर आएको अवस्थामा छनौट समितिले आइडिया हेरेर छनौट गर्छ । त्यस्तै निश्चित समय र आवश्यकता अनुसार रकम तोकिने छ । प्रगती हेरेर रकम समेत बढाइने बताइएको छ ।

त्यसपछि प्रडक्ट डेभलपमेन्टको चरणमा जाने र त्यससम्वन्धि विज्ञ वैज्ञानिकसँग समेत कुराकानी गराइदिने छ ।  त्यस्तै प्रडक्ट तयार भएपछि त्यसको ट्रेडमार्क,पेटेन्ट डिजाइन लगायतका लागि सहयोग गर्ने बताइएको छ ।  त्यसपछि सो उत्पादन खरिदका लागि लगानीकर्ता खोज्न मदत गर्छ ।

सरकारले यस्ता कामका लागि बजेट छुट्याउदैन । त्यसकै लागि पैसा उठाउन १० मेगावाटको जलविद्युत आयोजना स्थापना गर्न लागेको हो । जलविद्युत बाट ३० देखि ४० करोेड बार्षिक आम्दानी हुने उनले जानकारी दिए । त्यसबाट आउनेमध्ये २५ करोडमात्र केन्द्रमा लगाउन सकेपनि आयडिया भएका सिर्जनशिल युवाको सिर्जनशिलता उजागर गर्न सकिने बताए ।

तर यसका लागि सरकारसँग सहयोग मागेपनि वास्ता नगरेको गुनासो गरे । २०७० /७१ को बजेट भाषणमा ५० करोडको कोष छुट्याउने भनेको थियो । तर कर्मचारीले कार्यविधी नबनाएको भन्दै काम बनेन ।

त्यस्तै चालुआवको बजेटमा पनि उल्लेख भएन । असार २८ गतेसम्म पर्खिएपनि सरकारले कुनै चासो नदेखाएकोले २९ गतेबाट जनताबाट पैसा उठाउन शुरु गरियो । पत्रकार सम्मेलनमा उनले नैतिकताका कारण विज्ञान मन्त्रालयको पाँच करोड रुपैयाँ सहयोग गर्ने प्रस्ताव आविष्कार गरेको बताए । ‘जनताको ढोकामा सहयोग माग्न पुगिसकेको थिएँ’ उनले भने ‘त्यहीबेला मन्त्रालयले ५ करोड सहयोग गर्ने प्रस्ताव गर्यो, नैतिकता बेचेर सहयोग लिन सकिन ।’ पुनका अनुसार जनतासँग सहयोग मागेपछि करिव ९० लाख रुपैयाँ जम्मा भएको छ ।

प्रतिक्रिया दिनुहोस्