काठमाडौं । नेपाल दूरसंचार कम्पनी लिमिटेड (नेपाल टेलिकमले आफ्ना लगानीकर्तालाई ४० प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको बिहीबार बसेको बोर्ड बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशतका दरले नगद लाभांश दिने घोषणा गरेको हो ।
अर्थ मन्त्रालयबाट स्वीकृत भई अगाामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने टेलिकमले जानकारी दिएको छ ।