Logo

एनटिसीको रिचार्ज कार्डमा आएको समस्या समाधान, सिस्टमलाई पुरानै अवस्थामा फर्काइयो

एनटिसीको रिचार्ज कार्डमा आएको समस्या समाधान, सिस्टमलाई पुरानै अवस्थामा फर्काइयो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमको ‘एनटी रिचार्ज’ कार्डमा शनिवारदेखि आएको समस्या समाधान भएको छ । टेलिकमको रिचार्जमा करिव ४० घण्टादेखि आएको समस्या आइतवार ३ बजेदेखि समाधान भएकोसहप्रवक्ता डिल्ली अधिकारीले जानकारी दिए । सिस्टमलाई पून पहिलाकै अवस्थामा(रोलव्याक) गरेपछि समस्या समाधान भएको  हो ।

सिस्टम अपग्रेडका लागि सफ्टवेयर अपडेट गर्नेक्रममा समस्या भएको थियो । सफ्टवेयर अपडेट आधा घण्टामा सकिने भएर शुरु गरेपनि असफल भएको हो । प्राविधिकसँग यस विषयमा कुरा गर्दा उनीहरुले साढे २ बजेसम्म समाधान हुने बताएका छन् ।

समास्या समाधान नभए अर्को विकल्प शनिबार बिहानैबाटै ‘भोएएमएस सिस्टम’को भौचर म्यानेजमेन्ट रिचार्ज कार्ड पुरानो भएको भन्दै क्षमता वृद्धिका लागि सानो सफ्टवेयर अपडेटको काम थालेको अथियो । तर सफ्टवेयर अपगे्रड सफल नभइ पुरानो अवस्थामा फर्कन खोज्दा झन समस्या देखिएको हो ।

एनटिसीले एक दुई घण्टा समस्या आउनासाथ ग्राहकका लागि क्रेडिटबाट कल गर्ने सुविधा प्रदान गर्न लागेको हो । तर सम्भव भएन ।

प्रतिक्रिया दिनुहोस्