Logo

नेपाल टेलिकमको नयाँ अफर, फाईबर ग्राहकलाई एक महिनासम्म निशुल्क ५० एमबीपीएसको इन्टरनेट

नेपाल टेलिकमको नयाँ अफर, फाईबर ग्राहकलाई एक महिनासम्म निशुल्क ५० एमबीपीएसको इन्टरनेट



काठमाडौं । नेपाल टेलिकमले एनटी फाइबर प्रविधिमार्फत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई ५० एमबीपीएस स्पिडको निःशुल्क डाटा उपलब्ध गराउने भएको छ । कम्पनीले अब यस्ता ग्राहकलाई परिक्षणको रुपमा एक महिना सम्म निशुल्क डाटा सुविधा प्रयोग गर्न दिने बताएको हो ।

नेपाल टेलिकमले सोमबारदेखि लागु हुनेगरी एनटी फाइबर प्रविधि अन्तर्गत टेलिफोन सेवा मात्र प्रयोग गरिरहेका सेवाग्राहीलाई प्रोमोसनल अफरका रुपमा एक महिना सम्म निःशुल्क ५० एमबीपीएस स्पिडको डाटा सेवा उपलब्ध गराउने भएको छ ।

यो सेवा प्रयोग गर्नका लागि १९८–१ (१९८ मा डायल गरी प्राप्त सन्देशपश्चात फेरि १ डायल गरी) मा अनुरोध गर्न सकिन्छ । त्यसैगरी नजिकको दूरसञ्चार कार्यालयमार्फत पनि यो सुविधा लिन सकिन्छ ।

एक जना ग्राहकका लागि यो सुविधा एक पटक मात्र उपलब्ध हुनेछ । एक महिना भन्दा बढी समय सम्म यो सेवा निरन्तर प्रयोग गर्ने इच्छा भएमा सेवाग्राहीले १९८–१ मा कल गरी वा नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सशुल्क रुपमा यो सेवा प्रयोग गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्