Logo

एनसेलको ‘च्यानललोयल्टि’ उपहार दुरालाई, मोटरसाइकल पाउने पहिलो रिटेलर

एनसेलको ‘च्यानललोयल्टि’ उपहार दुरालाई, मोटरसाइकल पाउने पहिलो रिटेलर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ््नो ‘च्यानललोयल्टि’ योजना अन्तर्गत दिनेश दुरालाई मोटरसाइकल प्रदान गरेको छ । कम्पनीले काठमाडौंको नयाँबसपार्क स्थित लमजुङ कम्युनिकेशनका संचालक दुरालाई मोटरसाईकल उपहार प्रदान गरेको हो । कम्युनिकेशन एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्यप्रोडक्टहरु विक्रीगर्ने आधिकारिक रिटेलर हो ।

एनसेलले सन् २०१४ मा रिटेलरहरुलाई आफ्नो सेवा तथा सुविधाहरुको प्रवद्र्धन गर्न प्रोत्साहन गर्ने उद्देश्य अनुरुप ‘च्यानललोयल्टि’ योजना शुरु गरेको थियो । रिटेलरहरुले उनीहरुले गरेको बिक्रीका आधारमा उपहार पाउँछन् । यो योजना अन्तर्गत मोटरसाईकल उपहार पाउन योग्य हुने दुरा पहिलो रिटेलर हुन् । उनलाई एनसेलको बागमती सेल्स टिमले एक कार्यक्रम गरी सो उपहार प्रदान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL