काठमाडौं । च्याटजिपिटीको मुल कम्पनी ओपन एआइले आफ्नै संस्थापक साम अल्टम्यानलाई कम्पनीबाट हटाएको छ । कम्पनीको यो निर्णयले प्रविधि जगत एक प्रकारले स्तब्ध भएको छ । तर, बोर्डले कम्पनीका संस्थापकलाई बाहिरको बाटो देखाएको यो पहिलोपटक भने होइन । विश्वका धनी व्यक्ति एलोन मस्क र स्टिभ जब्ससँग पनि यस्तो भएको थियो । यस्तो फ्लिपकार्टका संस्थापक सचिन बंसल र बिन्नी बन्सल र भारतपेका संस्थापक अश्नीर ग्रोवरसँग पनि भएको छ । ट्विटरका ज्याक डोर्सी, उबरका ट्राभिस कालानिक, याहूका जेरी याङ र सिस्कोका स्यान्डी लर्नर पनि यसको सिकार भएका छन् । यहाँ हामी केही यस्ता व्यक्तित्वको बारेमा बताइरहेका छौँ जो आफूले बनाएको कम्पनीबाट बाहिरिएका थिए ।
एलन मस्क–एक्स डटकम
एलन मस्क संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । तर, एकपटक उनलाई पनि आफ्नै कम्पनीले निकालेको थियो । मस्कले सन् १९९९ मा एक्स डटकम नामको कम्पनी खोलेका थिए । यो एक अनलाइन बैंक थियो । तर कम्पनीका लगानीकर्ताले मस्कलाई सीईओ पदबाट हटाएका थिए । आइपीओ आउनुअघि कम्पनीको कमाण्ड अनुभवी व्यक्तिको हातमा हुनुपर्छ भन्ने उनको चाहना थियो । डिसेम्बर १९९९ मा, बिल ह्यारिस कम्पनी को सीईओ बनाइए । केही दिनपछि कम्पनी कोफिनिटीसँग मर्ज भयो र मस्क फेरि कम्पनीमा फर्किए ।
स्टीव जब्स–एप्पल
बजार पुँजीको हिसाबले एप्पल विश्वको सबैभन्दा ठूलो कम्पनी हो । यो सन १९७६ मा स्टीव जब्स र स्टीव वोज्नियाकद्वारा स्थापित भएको थियो । तर १९८५ मा स्टीव जब्से आफ्नै कम्पनीद्वारा हटाइए । तर, उनी सन् १९९० को दशकको अन्त्यतिर कम्पनीमा सीईओका रूपमा फर्किए । उनले एकपटक भनेका थिए एप्पलले उनलाई निकाल्नु उनको लागि राम्रो थियो र उनले नयाँ सुरुवात गर्ने मौका पाए । कम्पनीबाट बर्खास्त भएपछि उनले नेक्स्ट र पिक्सार दुई कम्पनी बनाए र दुवै सफल भए ।
सचिन र बिन्नी बन्सल–फ्लिपकार्ट
भारतकोे अग्रणी ई–कमर्श कम्पनी फ्लिपकार्ट अक्टोबर २००७ मा सचिन र बिन्नी बन्सलद्वारा स्थापित भएको थियो । दुवैले आईआईटी दिल्लीबाट पढेपछि अमेजनमा काम गरेका थिए । सन २०१८ मा, जब वालमार्टले यसमा हिस्सेदारी किन्नको लागि वार्ता गरिरहेको थियो, सचिन बन्सलको बोर्डसँग झगडा भयो । उनले कम्पनीको सम्पूर्ण सेयर बेचे । त्यसपछि बिन्नी बन्सलले पनि कम्पनीबाट राजीनामा दिएका थिए ।
जेरी याङ–याहू
इन्टरनेट सर्च इन्जिन र वेब सेवा प्रदायक याहू जेरी याङ र उनका साथीहरूले स्थापना गरेका थिए । सन् २००८ मा माइक्रोसफ्टले यो कम्पनी किन्न खोज्दा याङले कम्पनीको सीईओ पदबाट राजीनामा दिएका थिए । त्यसपछि पनि उनी कम्पनीको प्रमुख नै रहे । चार वर्षपछि, जब शेयरधनीहरूले कम्पनी बेच्न खोजे, याङले विरोध गरे र कम्पनीलाई सधैंको लागि अलविदा गरे ।
ट्राभिस कालानिक–उबर
ट्रैविस कलानिक एक अमेरिकी व्यापारी हुन् । उनले सन् २००९ मा राइड हेलिङ कम्पनी उबरको स्थापना गरेका थिए । तर २०१७ मा धेरै विवादका कारण कलानिकले कम्पनीको सीईओ पदबाट राजीनामा दिनुपरेको थियो । अहिले उनी सिटी स्टोरेज सिस्टम्सका प्रमुख कार्यकारी अधिकृत छन् । यो कम्पनीले फसेका घर जग्गा कम्पनीहरूको पुनः विकास गर्छ ।
ज्याक डोर्सी–ट्विटर
ज्याक डोर्सीले आफ्ना साथीहरूसँग मिलेर सन् २००६ मा माइक्रोब्लगिङ साइट ट्विटर अर्थात् एक्स स्थापना गरेका थिए, जुन अहिले एलन मस्कको स्वामित्वमा छ । पहिले ट्विटरमा डोर्सीलाई सीईओ बनाइएको थियो । तर, बोर्डसँगको मतभेदका कारण उनलाई सन् २००८ मा सीईओ पदबाट हटाइयो । सन् २०१५ मा उनी फेरि ट्विटरमा फर्किए । तर, २०२१ मा सीईओ पद छोडे । यसपछि भारतीय मूलका पराग अग्रवाल कम्पनीको सीईओ बने । तर, गत वर्ष मस्कले पनि ४४ अर्ब डलरमा किनेर परागलाई रिटायर गरेका थिए ।
अश्नीर ग्रोवर–भारतपे
फिन्टेक कम्पनी भारतपेका संस्थापक तथा एमडी अशनीर ग्रोवरले पनि अपमानसहित आफ्नै कम्पनीबाट राजीनामा दिनुपरेको थियो । उनीमाथि विभिन्न किसिमका धाँधली र अनियमितताको आरोप लागेको थियो । ग्रोभर परिवार र उनका आफन्तहरूले कम्पनीको कोषको दुरुपयोग गरेको आरोप थियो । यसका लागि नक्कली बिक्रेता बनाएर उनीहरुको सहयोगमा कम्पनीको खर्च खाताबाट रकम झिक्ने गरिएको आरोप थियो । यसरी ग्रोभर परिवारले विलासी जीवनशैलीको खर्च धान्न कम्पनीको कोषको दुरुपयोग गरेको भन्दै गत वर्ष मार्चमा कम्पनीको बोर्डले ग्रोभरलाई सबै पदबाट हटाएको थियो । अनुवाद गरिएको