Logo

एनसेलले ल्यायो ‘मासिक भ्वाइस प्याक’ योजना, २०० मा ४०० मिनेट अननेट टक टाइम

एनसेलले ल्यायो ‘मासिक भ्वाइस प्याक’ योजना, २०० मा ४०० मिनेट अननेट टक टाइम


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले आफ्ना प्रिपेड ग्राहकहरुका लागि ‘मासिक भ्वाईस प्याक’ योजना ल्याएको छ । सो योजना अन्र्तगत ग्राहकले कर सहित दुई सय रुपैयाँमा ४ सय मिनेट अननेट टक टाइम खरिद गर्न सक्नेछन् । यो प्याक अन्र्तगत ग्राहकले कर सहित प्रतिमिनेट ५० पैसामा कुनै पनि अर्को एनसेल नम्बरमा कल गर्न सक्छन् ।

मासिक भ्वाईस प्याक योजना सोमबार (आज)देखि स्थायी सेवाको रुपमा लागु हुनेछ । एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी प्राप्त जानकरी अनुसार पाँचौ विकल्प रोजेर यो प्याक सुचारु गर्न सक्नेछन् । आईभिआरमार्पmत यो सेवा सुचारु गर्नका लागि १७११८ डायल गरी प्राप्त जानकारी बमोजिम अंक ५ प्रेस गर्नुपर्ने हुन्छ । ग्राहकले २०० टाइप गरी १७११८ मा एसएमएस पठाएर पनि यो सेवा सुचारु गर्न सक्छन् ।

आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्नेे प्रतिवद्घता अनुरुप भ्याइस प्याक ल्याइएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो प्याकलिन सक्छन् । यो प्याक सुचारु भएको दिनबाट ३० दिनको लागि मान्य हुनेछ । प्याकमा उल्लेख गरिएको समयावधि वा टक टाइम सकिए पछि विद्यमान शुल्क लागु हुनेछ । विद्यमान शुल्क अनुसार एनसेल नेटवर्क भित्रकल गर्दा कर सहित प्रतिमिनेट २ रुपैयाँ ५० पैसा लाग्नेछ ।

यो प्याक भिएफटी र एनसेल मोबाइल एपबाट पनि खरिद गर्न सकिन्छ । सुलभ दरमा गुणस्तरिय सेवाउपलब्ध गराउने प्रतिवद्धता बमोजिमएनसेलले दैनिकभ्वाईस प्याक, साप्ताहिकभ्वाईस प्याक, डेली नाईट भ्वाईस प्याक र डे भ्वाईस प्याक समेत प्रदानगर्दै आएको छ । ग्राहकहरुले १७११८ डायल गरी भ्वाइस प्याकको बारेमा जानकारी लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्