Logo

टेलिकमको प्रवन्ध निर्देशकमा १३ जनाको आवदेन, अधिकांश भित्रकै, हेर्नुहोस सूचिसहित

टेलिकमको प्रवन्ध निर्देशकमा १३ जनाको आवदेन, अधिकांश भित्रकै, हेर्नुहोस सूचिसहित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमको प्रवन्ध निर्देशकमा १३ जनाले आवेदन दिएका छन् । सो पदमा हालका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्य सहित १३ जनाले आवेदन दिएको नेपाल टेलिकमका अध्यक्ष तथा सुचना तथा संचार सचिव दिनेश थपलियाले बिजखबरलाई बताए । ‘हिजोसम्म ३ जनाले मात्र आवेदन दिएका थिए,’ उनले भने, ‘आज अन्तिम दिन १० जनाको आवेदन परेको छ ।’

आवेदन परेका व्यक्तिहरुको भोलीदेखि नै ‘सर्ट लिस्ट’ निकाल्ने काम शुरु गरिने थपलियाले जानकारी दिए । ‘अवको १ हप्ता भित्रमा ६ जनाको सर्ट लिस्ट निकाल्ने छौं,’ उनले भने, ‘प्रारम्भिक छनौटमा परेकाहरुको त्यस लगत्तै अनुभन सहितको अन्तरवार्ता लिने छौं ।’ हालका प्रवन्ध निर्देशक बुद्धिप्रसाद आचार्यको भदौं २० गते कार्यकाल सकिँदै छ ।

केही समयअघि मन्त्रिपरिषद्ले स्वीकृति गरेको नियमावली अनुसार योग्यता पुगेका टेलिकम भित्र तथा वाहिरका दुवैले प्रवन्ध निर्देशकको लागि प्रतिस्पर्धा गर्न सक्नेछन् । तर, आवेदन दिनेमा टेलिकम भित्रकै बाहुल्यता रहेको थपलिया बताउँछन् । नियमावली अनुसार टेलिकममा कार्यरत आठदेखि ११ औं तहसम्मका कर्मचारीले प्रवन्ध निर्देशकका लागि प्रतिस्पर्धा गर्न सक्नेछन् । जसका लागि सिमित अवधि र स्नातकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था छन् । टेलिकमभन्दा वाहिरका ३/४ जनाले मात्र प्रवन्ध दिर्नेशकका लागि आवेदन दिएका छन् ।

telecom

प्रतिक्रिया दिनुहोस्