Logo

६ महिनामा फेसबुकले कमायो २ अर्ब डलर, मासिक औषत प्रयोगकर्ता पौन २ अर्ब

६ महिनामा फेसबुकले कमायो २ अर्ब डलर, मासिक औषत प्रयोगकर्ता पौन २ अर्ब


बिजखबर संवाददाता
27
Shares

फेसबुकले सन् २०१६ को दोस्रो त्रेमाससम्म आइपुग्दा २ अर्ब डलक खुद नाफा आर्जन गरेको छ । यो नाफा सन् २०१५ को सोही अवधिको तुलनामा १ सय ६८ प्रतिशतले बढी हो । सन् २०१५ को दोस्रो त्रेमाससम्ममा फेसबुकले ७१ करोड ९० लाख डलर खुद नाफा आर्जन गरेको थियो ।

वित्तीय विवरण सार्वजनिक गर्दै फेसबुका प्रमुख कार्यकारी अधिकृत मार्क जुकरवर्गले कम्पनीको अवस्थाबाट आफू सन्तुष्ट भएको प्रतिक्रिया दिएका छन् । साथै अर्को त्रैमासिकमा अझ बढी नाफा आर्जन गर्ने उनको दावी छ ।

उनका अनुसार फेसबुकले सुरु गरेको भिडियो सुविधाबाट उच्च नाफा कमाउन सहयोग पुगेको हो । फेसवुकका सबै सेवाको केन्द्रमा भिडियो भएको र जसले गर्दा सफलता हात पार्न सकेको उनको भनाइ छ ।

यस पटक फेसबुकले मोबाइल विज्ञापनबाट हुने आम्दानीमा वृद्धि गरेको छ । अघिल्लो वर्ष कूल नाफामा ७६ प्रतिशत मोवाईल हिस्सा रहेकोमा यो वर्ष बढेर ८४ प्रतिशत पुगेको छ । फेसबुकले एसियामा र यूरोपमा आफ्नो बजार विस्तार गरेको छ । ६ महिनाको वित्तीय विवरण अनुसार फेसवुकमा प्रतिमहिना औसत सक्रिय प्रयोगकर्ता १ अर्ब ७१ करोड पुगेका छन् । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो ।

प्रतिक्रिया दिनुहोस्
MBL