Logo

एनसेलले निर्माण गर्यो टिचिङ अस्पतालमा डायलाईसिस सेन्टर, मृर्गौलाको उपचारमा सहयोग

एनसेलले निर्माण गर्यो टिचिङ अस्पतालमा डायलाईसिस सेन्टर, मृर्गौलाको उपचारमा सहयोग


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेल टिचिङ हस्पिटलमा डायलाईसिस सेन्टर स्थापना गरेको छ । एनसेलको सहयोगमा त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटलमा ‘डे केयर डायलाईसिस सेन्टर’ निर्माण गरिएको हो । उक्त डायलाईसिस सेन्टर स्थापनासँगै हस्पिटललाई मृगौला सम्बन्धी रोगको उपचारका लागि थप सहयोग पुग्ने भएको छ ।

पछिल्लो समय मृगौला सम्बन्धी रोग बढ्दै गएको र त्यस्ता रोगको उपचारमा सहयोग पुर्याउन एनसेलले टिचिङ हस्पिटललाई डे केयर डायलाईसिस सेन्टरको निर्माणका लागिआर्थिक सहयोग प्रदान गरेको थियो । नवनिर्मित डायलाईसिस सेन्टरमा १६ वटा डायलाईसिस मेशिनहरु राख्न सकिने छ भने सेन्टर संचालनका लागि आवश्यक पर्ने आरओ वाटर ट्रिटमेन्ट प्रणाली पनि जडान गरिएको छ ।

उक्त डायलाईसिस सेन्टरको संचालनले मृृगौला सम्बन्धी स्वास्थ्य सेवामा मानिसको पहुँच वृद्धि गर्नमा सहयोग पुग्ने त्रिभुवन विश्वविद्यालय टिचिङ हस्पिटलका उपनिर्देशक प्रा.डा. प्रेम कृष्ण खड्गले बताए । ‘ मृगौलाको उपचार सहज बनाउने राष्ट्रिय नीतिअनुरुप यो सेन्टरले हस्पिटलको सेवा प्रदान गर्ने क्षमता बढाउने छ,’ उनले भने, ‘यसकोे संचालनबाट थप बिरामीहरुलाई उपचार प्रदान गर्दै लाभ प्रदान गर्न सहयोग पुग्नेछ ।’

हाल टिचिङ् हस्पिटलले आफ्नो डे केयरमा संचालनमा रहेको तीन वटा डायलाईसिस मेशिनबाट दैनिक २५ देखि ३० जनालाई डायलाईसिस सेवा प्रदान गर्दै आएको छ भने क्षमता अभिबृद्धिका लागि थपचार वटा डायलाईसिस मेशिनहरु जडान गर्ने क्रममा रहेको खड्गले जानकारी दिए ।

एनसेलले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत सर्जिकल ओपिडी भवनको तेस्रो तल्ल्लामा यो सेन्टर निर्माणका लागि सहयोग प्रदान गरेको हो । यसका लागि रु १ करोड ५० लाखको आर्थिक सहयोग प्रदानगरिएको थियो । १६ वटा डायलाईसिस मशिन जडान गर्न सकिने पूर्वाधार र डायलाईसिस मेशिन संचालानार्थ अतिआवश्यक आरओ वाटर टिट्रमेन्ट सिस्टम बाहेक सेन्टरमा २० जनाको क्षमता भएको बिरामी मैत्री लिफ्ट पनि जडान गरिएको छ ।

टिचिङ अस्पताललाई मृगौला सम्बन्धी स्वास्थ्य उपचार प्रदान गन आवश्यक आधारभुत भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्न पाउँदा आफूहरु खुशी भएको एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्सले बताए । ‘हामीलाई आशा छ यसले हस्पिटललार्ई सरकारको योजना अनुरुप बिरामीलाई अति आवश्यक मृगौला उपचार सम्बन्धी सेवा प्रदान गर्न मद्दत गर्ने छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्
MBL