Logo

नेपाल टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता, विपद्को अग्रीम सुचना मोवाइबाटै

नेपाल टेलिकम र मौसम विज्ञान विभागबीच सम्झौता, विपद्को अग्रीम सुचना मोवाइबाटै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । जल तथा मौसमबाट हुने विपद् सम्बन्धी पूर्व सुचना प्रवाहका लागि नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच सम्झौता भएको छ । जल तथा मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना मोबाइलमार्फत प्रवाह गर्ने सम्बन्धमा यी दुई संस्थाबीच सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा नेपाल टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्य र जल तथा मौसम बिज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना सम्प्रेषणको व्यवस्था मिलाइने छ ।

सो कार्यका लागि नेपाल टेलिकमले त्यस क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको डाटा मौसम विज्ञान विभागलाई उपलब्ध गराउने छ । विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनु पूर्व प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत रुपमा बल्क एसएमएसमार्फत आवश्यक जानकारी पठाउने छ । उक्त सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराउने छ ।

कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले विपद्को पूर्व जानकारी संप्रेषण गरी क्षति न्यूनिकरण गर्न सहयोग पुग्ने बताए । ‘विगतमा पनि अन्य संस्थाहरुसँग सहकार्य गरेको विपद् सम्बन्धी जानकारी गराउँदै आएका थियौं,’ उनले भने, ‘विपद्को पूर्व जानकारीले क्षति न्यूनिकरण गर्न सकिने तथा मानिसको जीवन जोगाउन सकिने भएकोले कम्पनीले मौसम विज्ञान विभागसँग पनि सहकार्य गरेको हो ।’ आगामी दिनमा देशभरका ग्राहकहरुलाई यस्तो सेवा प्रदान गरिने समेत उनले जानकारी दिए ।

कार्यक्रममा मौसम विज्ञान विभागका महानिर्देशक डा. ऋषिराम शर्माले कम्पनीसँग भएको सम्झौतालाई विभागले दक्षतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरे । प्राकृतिक विपद्को न्यूनीकरण गर्नु दुवै संस्थाको संयुक्त दायित्व भएकाले पनि भविष्यमा अन्य क्षेत्रमा समेत सहकार्य गर्न सकिने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL