Logo

अब टिकटकमा सामाजिक विकृति फैलाए कारबाही, नेपाल सरकारले गर्याे टिकटकका अधिकारीसँग छलफल

अब टिकटकमा सामाजिक विकृति फैलाए कारबाही, नेपाल सरकारले गर्याे टिकटकका अधिकारीसँग छलफल



काठमाडौं । अब टिकटकमा सामाजिक विकृति फैलाउने खालका अभिव्यक्ति र क्रियाकलाप गरे कारबाही हुने भएको छ । गृह मन्त्रालयले टिकटकका अन्तरराष्ट्रिय अधिकारीसँग छलफल गर्दै यस्ता सामग्री अब स्वतः हट्ने व्यवस्था मिलाउन लागिएको हो ।

गृह मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै नेपाल प्रहरीको साईबर व्युरोले पनि दोषी उपर कारबाहीका लागि सहयोग गर्ने बताएको छ । टिकटकमा त्यस्ता सामग्री राखेपछि टिकटकले स्वतः हटाईदिने र साईबर व्युरोले व्यक्ति पत्ता लगाई कारबाही अघि बढाउने गृह मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्