Logo

अफ ग्रिड उर्जा प्रवद्र्धनमा एनसेल, घामपावरसँग सम्झौता

अफ ग्रिड उर्जा प्रवद्र्धनमा एनसेल, घामपावरसँग सम्झौता


बिजखबर संवाददाता
0
Shares

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले अफ ग्रिड पावर प्रवद्र्धनका लागि घाम पावर कम्पनीसँग सहकार्य गरेको छ । यसअनुसार अब घाम पावरद्वारा ओखलढुङ्गा र खोटाङ्मा स्थापना गरिएको तीन सौर्य लघु ग्रिडहरुबाट उत्पादित सौर्य उर्जाको एङ्कर लोड लिन एनसेलले लिने भएको हो ।

एनसेलले बिजुलीको राष्ट्रिय प्रसारण लाइन नपुगेका खोटाङ् र उदयपुर जिल्लाका दुर्गम गाउँहरुमा सौर्य लघु ग्रीड परियोजनाका माध्यामबाट त्यहाँका स्थानियबासीलाई उर्जा र संचारका लागि मोबाइल सेवा सुनिश्चित गरेकोे हो । यसका लागि एनसेल र घाम पावर प्रालीबीच सम्झौता भएको छ ।

सम्झौता अनुसार घाम पावरद्वारा ओखलढुङ्गा र खोटाङ्मा स्थापना गरिएको तीन सौर्य लघु ग्रिडहरुबाट उत्पादित सौर्य उर्जाको एङ्कर लोड लिन एनसेलले लिने भएपछि अफ ग्रिड सिस्टमलाई लागु गर्न र दिगोपना दिन व्यावसायिक रुपमा संभव भएको हुनेछ । यी लघु ग्रिडहरुसंग सौर्य उर्जा आपुर्तिको थप क्षमता पनि भएको हुनाले यो सहकार्यले स्थानिय समुदायहरुको विद्युतीकरणमा योगदान बाहेक नयाँ आर्थिक र सामाजिक लाभका अवसरहरुको पनि सिर्जना गर्ने कम्पनीको दाबी छ ।

सरकारको वैकल्पिक उर्जा प्रवर्धन केन्द्रसँगको सहकार्यमा घाम पावरले एसियाली विकास बैंकको ईनर्जी फर अल प्रोग्राम अन्र्तगत अनुदान सहगोय प्राप्तगरी यो सौर्य लघु ग्रिडको निर्माण गरको हो । डिओइएन फाउन्डेशन र एनएमबि बैंकले पनि यो परियोजनामा सहयोग गरेका छन् । मोबाइल कम्पनीहरुको विश्वव्यापी संगठन जिएसएमएले पनि घाम पावरलाई मोबाइल टावर, स्थानिय समुदाय र व्यवसायीक गतिविधीहरुका लागि उर्जा आपुर्ति गर्न सहगोग गर्ने हेतुले सौर्य लघु ग्रिड स्थापनार्थ गत वर्ष ‘मोबाइल फर डेभलपमेन्ट युटिलिटिज् इनोभेसन्स् ग्रान्ट’ अर्थात बीउ पुँजी प्रदान गरेको थियो ।

यही सहकार्य अन्र्तगत, एनसेलले खोटाङ्को च्यास्मिटार गाविसको बनपालामा र उदयपुरको लेखानि गाविसको घुर्मिमा गरी दुईवटा सौर्य उर्जाबाट संचालन हुने मोबाइल टावर स्थापना गरिसकेको छ । यी टावरहरुले खोटाङ् र उदयपुर जिल्लाका ३१ गाविसहरुमा बसोबास गर्ने मानिसहरुलाई मोबाइल सेवाको पहुँच दिएको छ ।

अग्रणी सेवा प्रदायक र जिम्मेवार कर्पोरेट नागरिक भएका नाताले हामीले विकट ग्रामीण समुदायको लाभका लागि यो अफ ग्रिड पावर सोलुसन्स्को प्रयास थालेको एनसेलका आईसीटी निर्देशक आन्द्रास पालीले बताए । ‘हामीले एङ्कर लोड लिने सुनिश्चित गरेका छौ । बाँकी उर्जा घाम पावरले समुदायलाई घरेलु प्रयोजनका लागि तथा अन्य लाभदायी आर्थिक गतिविधिहरुका निमित्त वितरण गर्न सक्छ ।’  घाम पावरसंगको यो सहकार्य एकदमै नौलो शुरुवात हो । एनसेलले अहिले सम्म राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेका ठाँउहरुमा दुरसंचार सेवामा पहुँच पुर्याउनका लागि आफै सौर्य उर्जामा लगानी गर्दै आईरहेको छ । हाल सम्म, कम्पनीको नेटवर्कमा ५.७७ प्रतिशत पूर्णरुपमा सौर्य उर्जामा संचालन हुने टावर रहेको छ भने थप ८.५ प्रतिशतमा सोलार व्याकअफ सहितको हाइब्रिड पावर सोलुसन्स्बाट चल्ने टावर छ ।

अहिले घाम पावरले आफ्नो तीन लघु ग्रिडहरुबाट ३५ किलोवाट सौर्य उर्जा उत्पादन गरिरहेको छ । एनसेलका दुई टावर र स्थानिय समुदायलार्ई आपुर्ति पश्चात पनि, घाम पावरले अझै दुई दर्जन भन्दा बढी आर्थिक गतिविधीका लागि सौर्य ऊर्जा आपूर्ति गर्न सक्छ । एनसेलले एङ्कर लोड लिएको कारणले गर्दा व्यापार संरचना आर्थिक रुपमा संभव भएको घाम पावरका महा प्रबन्धक अन्जल निरौलाले बताए । ‘हामी यो साझेदारीको लागि एनसेललाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ र यही व्यापार संरचना देशका अन्य ठाँउहरुमा जहाँ राष्ट्रिय ग्रिडको पहुँच कम्तिमा पाँच वर्ष भित्र पुग्दैन त्यस्तो क्षेत्रमा लागु गर्ने आशामा छौ ।’

प्रतिक्रिया दिनुहोस्