Logo

खानेपानी र व्यवसायीक खेतीमा एनसेलको सहयोग, सिमबाटै पानीको खपत हेर्न सकिने

खानेपानी र व्यवसायीक खेतीमा एनसेलको सहयोग, सिमबाटै पानीको खपत हेर्न सकिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले स्वच्छ खानेपानी र व्यवसायीक खेतीका लागि सहयोग शुरु गरेको छ । कम्पनीले स्याङ्जा जिल्लामा स्वच्छ प्रविधिमार्फत खानेपानीमा पहुँच पुर्याउन तथा व्यावसायीक खेतीका लागि सहयोग गरेको हो । एनसेलको उक्त सहयोगसँगै सो गाउँका वासिन्दालाई दैनिक घण्टौ लगाएर खानेपानी संकलन गर्नुपर्ने वाध्यता हटेको छ ।

एनसेलले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत स्याङ्जाका एलादी, दिप्का र ठुलादी गाउँका ७५ घरपरिवारलाई जीवनस्तर उकास्न सहयोगका साथै पानीको बहुउपयोगका लागि सुविधा प्रदान गरेको हो । साथै स्थानीय बासिन्दालाई थोपा सिचाईमार्फत बढि मुल्य पर्ने तरकारी खेतीमा संलग्न भई अतिरिक्त आयआर्जन गर्ने अवसर प्रदान गरेको छ ।

उक्त सहयोग कार्यक्रम अन्र्तगत एनसेलले तीन वटै गाउँहरुमा खोला बाट पानी तानेर माथि गाउँमा ल्याउन मिल्ने हाईड्रोलिक र्यामपम्प जडान गरिदिएको छ । यसका साथै गाउँको उच्च भागमा पानी ट्याङ्की निर्माण र सो ट्याङ्कीबाट पानी वितरण गर्न मिल्ने पुर्वाधारको निर्माण समेत गरेको छ । हाईड्रोलिक र्यामपम्प एक स्वच्छ उर्जा प्रविधि हो जसको माध्यामबाट खोलामा बगेको पानीलाई हावा र पानीको प्रेसरबाट माथि ट्याङ्कीमा पठाईन्छ ।

स्याङ्जाका उक्त गाउँहरु उच्च स्थानमा अवस्थित भएकाले झण्डै ५ घण्टा लगाएर खानेपानी बोक्नुपर्ने वाध्यता थियो । एनसेलको उक्त सहयोगसँगै खानेपानीका साथै सरसफाई गर्न, बिरुवामा लगाउन सहयोग पुगेको दिप्काकी विष्णुमाया क्षेत्रीले बताइन् । ‘पहिला मैले परम्परागत बाली लगाउँदै आएकी थिए पानीको सुविधासँगै मौसमी र बेमौसमी तरकारीहरु लगाईरहेका छौ,’ उनले भनिन् ।

ncell_Drip Irrigation

उक्त कार्यक्रमबाट सो गाउँका ७५परिवारका ४ सय २० जना मानिस र एक प्राथमिक विद्यालयले पानीको सुविधाबाट लाभान्वित भएका छन् । जसले गर्दा उनीहरुले थोपा सिचाईबाट बढि मुल्य पर्ने तरकारीहरुको उत्पादन, फलफुलकाबोट बिरुवामा सिचाई, गाईबस्तुलाई पानीलगायत घरायसी कामकाज र सरसफाई गर्न सजिलो भएको छ ।

परियोजनाले गरिबी निवारणका लािग कसरी नयाँ प्रविधिको दिगो रुपमा अबलम्बनगर्न सकिन्छ भन्ने कुरा देखाउने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । ‘यो कार्यक्रम नेपालमा एक नौलो प्रविधि अबलम्बन गरिएको कार्यक्रम हो,’ उनले भने, ‘संभवत देशमै पहिलो पटक पानी वितरण प्रणालीमा सिम मिटरिङ प्रविधि लागु गरिएको छ ।’ यो प्रणालीमा सिमकार्डको सहयोगबाट के कति पानी घरायसी प्रयोजन र सिचाईका लागि आपुर्ति भयो भन्ने तथ्याङ्क हेर्न सकिन्छ । पानी वितरकले प्रत्येक घरपरिवारमा कति पानी प्रयोग भएको छ अनुगमन गर्न सकिनुका साथै सोही अनुसार लाभकर्ता परिवारले संचालन तथा मर्मत संभारका लागि शुल्क तिर्नुपर्ने हुन्छ ।

यो कार्यक्रमलाई दिगोपना दिन समुदायमा आधारित संस्था स्थापना गरिएको जसलेगर्दा यो प्रविधि तथा प्रणलीको स्वामित्व ग्रहण गरी त्यसलाई निरन्तरता दिने रिन्युएबल वल्र्डका वरिष्ठ प्राविधिक प्रबन्धक बाबुराम पौडेलले बताए । ‘समुदायका सदस्यहरुलाई यो हाईड्राम प्रविधि संचालन र निरन्तरताका बारेमा तालिम प्रदान गरिएको छ,’ उनले भने, ‘एक योग्य स्थानिय कम्पनीलाई कुनै पनि बेला आवश्यक प्राविधिक सहयोग प्रदान गर्नका लागि समेत दक्ष बनाईएको छ ।’ रिन्युएबल वल्र्ड यो कार्यक्रम संचालन गर्ने साझेदार संस्था हो ।

प्रतिक्रिया दिनुहोस्
MBL