Logo

बोल्न र सुन्न नसक्नेहरुका लागि एनटिसीको सुविधा, भिडियो कलमा सहुलियत

बोल्न र सुन्न नसक्नेहरुका लागि एनटिसीको सुविधा, भिडियो कलमा सहुलियत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले बोल्न र सुन्न नसक्ने व्यक्तिहरु (बहिरा)का लागि सहुलियत दरमा भिडियो कल सेवा शुरु गरेको छ । सो सेवा कम्पनीको मोबाइल नम्बरमा नेटवर्क भित्रको लागि मात्र उपलब्ध गराइने बताइएको छ । सो सेवाको महसुल प्रतिमिनेट ५० पैसा (कर बाहेक) तोकिएको छ ।

हाल यो योजनामा आबद्ध सिमहरुमा असार ३१ गते देखि सहुलियत दरको यो सेवा उपलब्ध गराउन थालेको सह प्रवक्ता डिल्ली अधिकारीले बताए । बहिरा अपाङ्गताको पहिचान खुल्ने कागजातसहित नेपाल टेलिकमको काउन्टरमा सम्पर्क गरेर रु. ९० मा रु. ५० को टक टाइम भएको सिम कार्ड प्राप्त गर्न सकिने बताइएको छ ।

त्यसैगरी २०६२/०६३ को जनआन्दोलनका घाइते एवं पूर्ण रुपमा शारीरिक अपाङ्गता भएका ब्यक्तिहरुलाई पनि एक पटकका लागि जिएसएम प्रविधिको प्रिपेड सिम वा सिडिएमए निःशुल्क दिने बताइएको छ । यस अनुसार २०७३ साउन ३ गते देखि निःशुल्क सिम तथा रिम कार्ड उपलब्ध गराउने बताइएको छ । जनआन्दोलनका घाइतेहरुले नेपाल सरकारबाट जारी भएको परिचयपत्रसहित एक प्रति फोटो र नागरिकता प्रमाणपत्रको प्रतिलिपि पेश गर्नु पर्नेछ ।

त्यसैगरी शारीरिक अपाङ्गता भएका व्यक्तिहरुले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज कल्याण परिषदबाट जारी भएको परिचय पत्र (रातो कार्ड) सहित एक प्रति फोटो र आफ्नो नागरिकताको प्रतिलिपि पेश गर्नु पर्नेछ । यी सेवाका लागि नेपाल टेलिकमको आफूलाई पायक पर्ने काउन्टरमा सम्पर्क राख्न सकिनेछ ।
निःशुल्क सिम वा रिम कार्ड उपलब्ध गराउने योजना आगामी २०७३ माघ मसान्तसम्म मात्र लागू हुने कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL