Logo

एनटिएका कर्मचारी र सरकारवीच ९ बुँदे सहमति, प्राधिकरणको पैसा सरकारको कोषमा सिधै नराख्ने

एनटिएका कर्मचारी र सरकारवीच ९ बुँदे सहमति, प्राधिकरणको पैसा सरकारको कोषमा सिधै नराख्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका कर्मचारी , सूचना तथा सञ्चार मन्त्रालय र  प्राधिकरणबीच ९ बुँदे सहमति भएको छ । आइतवार तीन पक्षवीच भएको सहमति पश्चात कर्मचारी नियमित काममा फर्किएका छन् । कर्मचारीको माग सात दिनभित्र पुरा गर्ने बाचासहित काममा फर्किएको युनियनका अध्यक्ष अच्युतानन्द मिश्रले जानकारी दिए ।

प्राधिकरणका कर्मचारीहरुं अध्यक्ष दिगम्वर झासहित संचालकको राजिनामाको माग गर्दै बुधवारदेखि आन्दोलनमा उत्रिएका थिए । प्राधिकरणको खातामा रहेको मध्ये १० अर्व सरकारी खातामा सारेको भन्दै कर्मचारी आन्दोलनमा उत्रिएका हुन् ।

आइतवार प्राधिकरण कोषको पैसा सिधै सरकारको खातामा जम्मा नगरी सिधै परियोजनालाई दिने सहमति भएको छ । एनटिएका कर्मचारी संगठन संरचना तथा कर्मचारी सेवा विनियमावली संसोधन नभएको भन्दै विरोधमा उत्रिएको प्राधिकरणका कर्मचारी युनियनका अध्यक्ष अच्युतानन्द मिश्रले जानकारी दिए ।

संगठनले कर्मचारीको सुविधा थप गर्नुपर्ने तथा कर्मचारी बढाउनुपर्ने माग सहित विनियमावली संसोधनका लागि मन्त्रालयमा पठाएको थियो, त्यस बिषय पनि सम्बोधन गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्