Logo

टेलिकमले ल्यायो सवै सेटमा मिल्ने सिम, सिम काट्नुपर्ने समस्या नहुने

टेलिकमले ल्यायो सवै सेटमा मिल्ने सिम, सिम काट्नुपर्ने समस्या नहुने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । अव एन्ड्रोइट फोनमा राख्न सिमकार्ड काटिरहनुपर्ने समस्याबाट प्रयोगकर्ता मुक्त हुने भएका छन् । नेपाल टेलिकमले यस्तो सामस्या समाधानका लागि जुनसुकै मोबाइल सेटमा पनि मिल्ने सिम ल्याएको छ ।

टेलिकमको जीएसएम प्रिपेड र पोस्टपेडको अब नानो सिम कार्ड पाइन्छ । जसमा माइक्रो र सामान्य सिम कार्ड दुवैको लागि होल्डर हुने बताइएको छ । सिम हुँदा प्रयोगकर्तालाई नानो र माइक्रो सिम बनाउन काट्न पर्ने समस्याबाट मुक्त गराउन सुविधा ल्याएको हो । यसले सिम काट्दा बिग्रने समस्या पनि नहुने बताइएको छ ।

स्मार्टफोनको प्रयोगकर्ताको संख्या बढ्दै गएको तथा यीनमा धेरैजसो माइक्रो र नानो सिम आवश्यक पर्ने हुनाले आफ्नो सिममा यो सुविधा ल्याइएको टेलिकमले जानकारी दिएको छ ।

नानो, माइक्रो वा समान्य सिम लाग्ने जुनसुकै फोनमा पनि यो नयाँ सिम सजिलै राख्न सकिन्छ। माइक्रो र सामान्य सिम होल्डरसहित आउने नानो सिमको मूल्य पहिलेकै पर्छ। ९० रुपैयाँमा पाइने सिममा ५० रुपैयाँ ब्यालेन्स हुन्छ।

५० रुपैयाँ तिरेर आफूसँग भएको पुरानो सिमसँग नयाँ साट्न सकिने पनि टेलिकमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्