Logo

एप्पलको वार्षिक कार्यक्रम सेप्टेम्बर १२ मा, आईफोन १५ सिरिजसँगै अन्य नयाँ प्रडक्ट पनि लन्च हुने

एप्पलको वार्षिक कार्यक्रम सेप्टेम्बर १२ मा, आईफोन १५ सिरिजसँगै अन्य नयाँ प्रडक्ट पनि लन्च हुने



काठमाडौँ । टेक कम्पनी एप्पलको वर्षको सबैभन्दा ठूलो लन्च कार्यक्रम सेप्टेम्बर १२ मा हुने भएको छ । कम्पनीले यस वर्षको आफ्नो कार्यक्रमलाई ‘वन्डरलस्ट’ नाम दिएको छ, जुन क्यालिफोर्नियास्थित एप्पलको मुख्यालयको ‘स्टिभ जब्स थिएटर’ मा हुनेछ ।

नेपाली समय अनुसार यो कार्यक्रम राति १०ः४५ बजेदेखि सुरु हुनेछ, जसको प्रत्यक्ष अनलाइन प्रसारण हुनेछ । एप्पलले यस इभेन्टमा आईफोन १५ सिरिजसँगै एप्पल वाच सिरिज ९ र एप्पल वाच अल्ट्रा २ पनि लन्च गर्न सक्ने बताइएको छ । यद्यपी उक्त कार्यक्रममा कुन–कुन उत्पादनहरु लन्च गर्ने भन्ने बारे कम्पनीले आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन ।

एप्पलले यस कार्यक्रममा आइओएस १७ अपरेटिङ सिस्टमको रोलआउटको मिति पनि घोषणा गर्न सक्ने बताइएको छ । आईओएस १७ का फिचर्स कम्पनीले तीन महिनाअघि सार्वजनिक गरेको थियो । आइओएस १७ ले लाइभ भ्वाइस मेल ट्रान्सक्रिप्शन, फेसटाइम सन्देशहरू रेकर्ड गर्ने क्षमता, व्यक्तिगत सम्पर्क पोस्टर जस्ता सुविधाहरू प्राप्त गर्नेछ ।

त्यस्तै प्रयोगकर्ताहरूले अब अफलाइन नक्साहरू पनि प्रयोग गर्न सक्षम हुनेछन् । हाल आइओएस १७ को बिटा भर्सनमा मात्र उपलब्ध रहेको छ ।

मिडिया रिपोर्टहरूका अनुसार, यस वर्षको सबैभन्दा महँगो आईफोन आईफोन १५ प्रो म्याक्स हुन सक्छ, जसमा टाइटेनियम फ्रेमको साथ पेरिस्कोप क्यामेरा रहेको छ । यसमा नयाँ ए१७ बायोनिक चिपसेट र १५० वाटको द्रुत चार्जिङ गति रहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL