Logo

एनसेलले ल्यायो ‘ईन्डिया कलिङ्’, प्रतिमिनेट १ रुपैयाँ ९९ पैसामा फोन

एनसेलले ल्यायो ‘ईन्डिया कलिङ्’, प्रतिमिनेट १ रुपैयाँ ९९ पैसामा फोन


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनीले एनसेलले ‘ईन्डिया कलिङ्’ योजना ल्याएको छ । उक्त योजना अन्तरगत एनसेलका सबै ग्राहकले अब भारतमा अझ सुलभ शुल्कमा कुरा गर्न सक्नेछन् ।

एनसेलले भारतको कल महशुललाई ३३ प्रतिशतले घटाउँदै, आफ्ना ग्राहकका लागि ‘ईन्डिया कलिङ्’ योजना ल्याएको हो । यो योजना अन्र्तगत ग्राहकले अब कर बाहेक प्रति मिनेट १ रुपैयाँ ९९ पैसामा भारतमा फोन गर्न सक्नेछन् । यस अघि भारतका लागि कल महशुल कर बाहेक २ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको थियो ।

एनसेलले ईन्डिया कलिङ योजना आजबाटै लागू गरेको जानकारी दिएको छ । उक्त योजना आगामी ३ महिनासम्म लागू हुने छ । जस अन्तरगत अन्तर्गत एनसेलका प्रिपेड र पोष्टपेड सबै ग्राहकले सोही रकममा भारतको कुनै पनि नेटवर्कमा कुरा गर्न सक्नेछन् ।

ग्राहकले ८१७१०७३ डायल गरी यो योजनामा निशुल्क सहभागी भई सुलभ दरको लाभ लिन सक्छन् । साथै ग्राहकले अंग्रजीमा ‘ए’ टाइप गरी १७१०७ माएसएमएस पठाएर पनि यो योजना सुचारु गर्न सक्छन् ।

भारतमा ठूलो संख्यामा नेपालीहरु शिक्षा तथा रोजगारीका लागि गएका छन् । उक्त योजनाले त्यस्ता सेवाग्राहीलाई बढी लाभ हुने एनसेलले जानकारी दिएको छ । त्यसैगरी थुप्रै नेपालीहरु भारतसँग व्यापार व्यवसायमा संलग्न रहेका र उनीहरुलाई व्यापार व्यवसाय गर्न समेत थप सहज हुने कम्पनीको विश्वास छ ।

ग्राहकले आईभिआर नम्बर १७१०७ माडायल गरेर निशुल्क रुपमा यो योजनाको बारेमा थप जानकारी लिन सक्छन् र प्राप्त जानकारी अनुसार योजनामा सहभागी हुन सक्छन् । साथै योजनामा सहभागी भएका ग्राहकले अंग्रजीमा ‘आर’ टाइप गरी १७१०७ मा एसएमएस पठाई यो योजनाबाट बाहिरीन पनि सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL