Logo

४८ कम्पनीले बुझाएनन रोयल्टी र आरटीडीएफ, हदैसम्मको कारबाही गर्ने प्राधिकरणको चेतावनी

४८ कम्पनीले बुझाएनन रोयल्टी र आरटीडीएफ, हदैसम्मको कारबाही गर्ने प्राधिकरणको चेतावनी



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले विभिन्न ४८ कम्पनीलाई कारबाही गर्ने भएको हो । तोकिएको रोयल्टी र ग्रामिण दूरसंचार विकास कोष (आरटीडीएफ)को रकम नबुझाएको भन्दै ४८ दूरसंचार कम्पनीलाई कारबाहीको चेतावनी दिएको हो ।

पटक पटक ताकेता गर्दा पनि उक्त निर्देशन नमानेको भन्दै प्राधिकरणले साउन मसान्तसम्म तोकिएको शुल्क नबुझाए हदैसम्मको कारबाही गर्ने बताएको हो ।

प्राधिकरणले चेतावनी दिएको कम्पनीहरुमा नेटम्याक्स, मर्कन्टायल कम्युनिकेशन, लुप नेटवर्क, हिमालयन अनलाईनलगायतका कम्पनीहरु छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL