Logo

सामाजिक सञ्जाल सगुनमा लगानीको अवसर, देशबाहिर रहेका नेपालीले लगानी गर्न सक्ने

सामाजिक सञ्जाल सगुनमा लगानीको अवसर, देशबाहिर रहेका नेपालीले लगानी गर्न सक्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं ।  सामाजिक सञ्जाल सगुन डटकमले लगानीको अवसर खुल्ला गरेको छ । बुधवार एक पत्रकार सम्मेलन आयोजना गरी यस्तो जानकारी दिइएको हो । सगुनमा योग्य लगानीकर्ताले कम्तिमा ५ हजार डलर लगानी गर्नुपर्ने  छ । एक पटक खरिद गरिएको सेयर ५ बर्षसम्म किनबेच गर्न नपाइने बताइएको छ ।

प्रयोगकर्ता माझ सगुनलाई एउटा उदाहरणीय सामाजिक सञ्जाल बनाउने उद्देश्यका साथ लगानीको अवसर दिइएको सगुनका संस्थापक गोविन्द गिरीले बताए । त्यस्तै सेयर खरिदमार्फत आएको पूँजीबट सगुनको प्रयोगकर्ता विस्तार गर्नुका साथै नयाँ विशेषता बढाउने तथा मोवाइल एप्सको शुरुवात गर्ने बताइएको छ । त्यस्तै यसका लागि कानुनी रुपमा बाटो खोलिलिएकोमा यूएस जब्स एक्टलाई समेत धन्यबाद दिए ।

सगुनले अमेरिका,क्यानडाका नागरिकका साथै विदेशमा रहेका नेपालीलाई लक्षित गर्दै आइपिओ जारी गरेको हो । नेपाल बाहिर रहेका नेपाली नागरिकले सम्वन्धित देशको कानुन अनुसार लगानी गर्न सक्ने छन् । सामाजिक सञ्जाल जुन २९ को मध्यरातदेखि लगानीकर्ताले आबेदन दिन सक्ने बताइएके छ ।

सहसंस्थापक कविन सिटौलाका अनुसार अगाडी फारम भर्नेले लगानी गर्न सक्ने अवसर छ । ‘सगुनले लगानीका लागि आवेदनमा फष्ट कम फस्ट प्रायोरिटिको नियम लागु गरेको छ’ उनले भने । सगुनले जुलाईको दोश्रो सातामा मिनी आइपीओ जारी गर्न का लागि अमेरिकी स्टक एकसचेन्जमा निवेदन दिने बताएको छ ।

सगुन २०१४ मा स्थापना भएको हो । स्थापनाकालमा कम्पनीसँग २० लाख डलर भएकोमा हाल १ करोड ५० लाख डलर पुगेको छ । आगामी ४ महिनामा सगुनको पूँजी ६ करोड डलर पुग्ने आंकलन गरिएको छ । त्यस्तै सगुनले यो बर्षको अन्तिमसम्मा आफ्नो सोसियल स्मार्ट कार्ड उपलब्ध गराउने भएके छ ।

सगुनमा आफ्नो प्रोफाइल बनाउँदा र सगुनमा आवद्ध भएपछि सगुन प्रयोगकर्ताले निःशुल्क रुपमा स्मार्ट कार्ड पाउनेछन् । सगुन स्मार्ट कार्ड प्रयोगकर्ताले आफुले किनेको बस्तुमा ५ प्रतिशत रकम फिर्ता पाउने बताइएको छ । लगानीका लागि योग्य रहेका संसारभरका नेपालीलाई सगुनमा सानो हिस्सा किनी सहयोग गर्न अनुरोध गरेका छन् ।

वासिङटन डिसीमा केन्द्रीय कार्यालय रहेको सगुन एउटा बिश्वब्यापी रुपमा फैलिएको सोसियल कमर्स सञ्जाल हो । यसले विश्वभर रहेका लगानीकर्तालाई इक्विटी क्राउड फन्डिङ पहलमा बैंकरोल मार्फत अवसर प्रदान गरिरहेको छ। सेयर खरिदबाट आएको पूँजीबाट सगुनको प्रयोगकर्ता विस्तार गर्ने, थप नयाँ विशेषताहरु बढाउँदै जाने र मोबाइल एप्पको सुरुवात गरिनेछ।

सेयर खरिदबाट आएको पूँँजीको ५ प्रतिशत प्रयोगकर्तालाई बाँड्ने बताइएको छ । सगुनमा लगानीका लागि डब्लुडब्लुडब्लु डट सगुन डट कम /इन्भेष्ट गएर सम्पर्क गर्नुपर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्