काठमाडौं । मोवाइल सेवाप्रदायक कम्पनीले एनसेलले नाईट डाटा प्याक ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुलाई लक्षित गरी रात्रीको समयमा सुलभ दरमा डाटा सेवा उपलब्ध गराएको छ । सो योजना अन्तरगत एनसेलका ग्राहकहरुले कर वाहेक प्रति १० पैसामा ‘नाईट डेटाप्याक’ प्रयोग गर्ने सक्केछन् ।
कम्पनीले आजबा सुचारु हुने गरी यो योजना कार्यान्यनमा ल्याएको हो । सो योजनामा ग्राहकले आफ्नो आवश्यकता अनुसार दैनिक, साप्ताहिक तथा मासिक नाईटडेटा प्याक खरिद गरी रातको १० बजे देखि बिहान ६ बजे सम्म अझ सुलभ दरमा डेटा सेवाको उपयोग गर्न सक्छन् ।
४० एमवि डेटा रहेको दैनिक नाईट डाटा प्याक ग्राहकले ८ रुपैयाँमा खरिद गर्न सक्छन् । यो प्याकको समयावधि २४ घण्टा रहेको छ । यसैगरी २ सय ५० एमबि डाटा भोल्युम भएको ७ दिन सम्म मान्य हुने साप्ताहिक नाईट डाटा प्याकको मूल्य ४० रुपैयाँ रेहको छ भने ग्राहकले १ हजार एमबि डेटा भोल्युम रहेको मासिक नाईट डेटा प्याक मात्र रु १०० मा खरिद गर्न सक्छन् ।
ग्राहकले यी नाईट प्याकहरु ८१७१२३३ डायल गरेर प्राप्त जानकारी अनुसार सुचारु गर्न सक्छन् । साथै आफूले लिन चाहेको प्याकको भोल्युम टाईप गरी स्पेस राखेर अंग्रजीमा ‘एन’ टाइप गरी १७१२३ मा एसएमएस पठाएर पनि यी प्याकहरु लिन सकिन्छ । उदाहरणका लागि एक दिने नाईट डेटा प्याक लिन चाहने ग्राहकले अंग्रजीमा ४० लेखी स्पेस दिएर अंग्रजीमा एन टाइप गरी १७१२३ मा एसएमएसपठाएर यो प्याक सुचारु गर्न सक्छन् ।
आफ्ना ग्राहकलाई सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिवद्धता बमोजिम नाइट डेटा प्याक ल्याइएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए ।
उक्त प्याकेजबाट ग्राहकले रातको समयमा डेटा उपयोग गरी विशेष लाभ लिन सक्ने उनको विश्वास छ । आफ्नो आवश्यकता अनुसार ग्राहकले यी प्याकहरु जति पटक पनि लिन सक्छन् । प्याकको समयावधि रहँदै डेटा भोल्युम उपभोग भएमाग्राहकले बाँकी अवधिको राति १० बजे देखि बिहान ६ बजे सम्म ५० पैसा प्रति एमबिका दरले डेटा सेवा प्रगोग गर्न सक्नेछन् ।