Logo

लेनेभो स्मार्टफोनको मुल्य घट्यो, एउटा फोनमा १२ सयदेखि २३ सयसम्म गिरावट

लेनेभो स्मार्टफोनको मुल्य घट्यो, एउटा फोनमा १२ सयदेखि २३ सयसम्म गिरावट


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । नेपाली बजारमा लेनेभो स्मार्टफोनले आफ्नो मुल्य घटाएको छ । आफ्ना ग्राहकहरुलाई सुपथ मुल्यमा स्मार्टफोन उपलब्ध गराउनका लागि लेनेभोले मुल्य घटाएको हो । लेनेभोका लागि नेपालको आधिकारीक विक्रेता लाइफकम प्रालिले विभिन्न मोडलका फोनमा १ हजार २ सय ५० रुपैयाँदेखि २ हजार ३ सय ५० रुपैयाँसम्म मुल्य घटाएको जानकारी दिएको छ ।

कम्पनीले मुल्य कटौती गरिएको मोडेलहरुमा नगद छुट योजना लागू गरेको छ । जस अनुसार कम्पनीले लेनेभोको Lenovo A319W, Lenovo A328W, Lenovo A536W र Lenovo A5000h स्मार्ट फोनको मुल्य घटाएको छ ।

कम्पनीका अनुसार मूल्य कटौती भएका मोडलहरुका ग्राहकहरु कम्पनीले लागू गरेको क्यास काउण्ट योजनामा पनि सहभागी हुनस क्नेछन् । लाईफकमले यो योजना प्रति ग्राहकहरुले देखाएको अपार सकारात्मक प्रतिकृयालाई सम्बोधनगर्दै यो कदम चालेको हो ।

लेनोभो क्यास काउण्ट योजनाअन्तर्गत प्रत्येक लेनोभो स्मार्टफोनको खरिदमाग्राहकले एउटा स्क्रयाच कार्ड पाउनेछन् । जुन कुपन स्क्रयाचगरि स्योर शट रु. ५ सय देखि रु. १ लाख रुपैयाँ सम्मक्यास काउण्ट गर्ने अवसर पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL