Logo

सूचना प्रविधिमा सरकारले नयाँ प्याकेज ल्याउँदै, आर्थिक बृद्धिसँग जोडिने

सूचना प्रविधिमा सरकारले नयाँ प्याकेज ल्याउँदै, आर्थिक बृद्धिसँग जोडिने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सूचना तथा संचारमन्त्री शेरधन राईले चाडै नै सूचना प्रविधिको क्षेत्रमा सरकारले नयाँ प्याकेज घोषणा गर्न लागेको बताए । ‘सरकारले सूचना प्रविधीको पूर्वाधार विकास गर्न र इन्टरनेट सेवालाई विस्तार गर्न प्याकेज घोषणा गर्ने तयारी गरेको छ,’ लिभिङ विथ आइसिटी पत्रिकाले गरेको सुस्मित इन्टरनेशनल आइसिटी स्टार्टअप अवार्ड सम्मान कार्यक्रममा उनले भने, ‘सूचना प्रविधिमा नेपालले विस्तारै पाइला सारेकोले अव यसलाई आर्थिक विकाससँग जोड्नु पर्छ ।’

कार्यक्रममा सूचना प्रविधि विभागका महानिर्देशक वीरेन्द्र मिश्र, कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान)का अध्यक्ष विनोद ढकाललगायतका बक्ताले उक्त सम्मानले सुचना प्रविधि क्षेत्रमा लागेका व्यक्तिलाई सम्मानले प्रोत्साहन गरको बताए ।

आइसिटी स्टार्टअप २०१६ बाट ४ आइटी स्टार्टअपलाई मन्त्री राईले सम्मान गरेका थिए । जसमा सस्तो डिल प्रा.लि., कुल टेक्नोल्याब प्रा.लि., यल्लो नेपाल प्रा.लि. र स्मार्ट समाज प्रा.लि रहेका छन् । साथै आइसिटी विशेष सम्मान कम्प्युटर वैज्ञानिक मुनिबहादुर शाक्यलाई प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL