Logo

एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक’, ८ रुपैयाँमा ३० मिनेटको टक टाइम

एनसेलले ल्यायो ‘डे भ्वाइस प्याक’, ८ रुपैयाँमा ३० मिनेटको टक टाइम


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाईल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि ‘डे भ्वाइस प्याक’ ल्याएको छ । उक्त योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले ८ रुपैयाँमा कर सहित ३० मिनेट अन–नेट टक टाइम खरिद गर्न सक्छन् ।
यो भ्वाइस प्याक योजना आजदेखि असार ८ गतेसम्म लागु हुनेछ । उक्त प्याक सुचारु भए पछि कर सहित मात्र २७ पैसा प्रतिमिनेटमा एनसेलको अन्य कुनै पनि नम्बरमा कुरा गर्न सक्छन् । यो प्याकको सुविधा बिहान ५ बजे देखि बेलुका ५ सम्ममालागु हुनेछ । यो प्याक सुचारु गरेको समयबाट २४ घण्टाका लागि मान्यहुनेछ र ग्राहकले बिहान ५ बजे देखि बेलुका ५ सम्ममा यो सेवाप्रयोग गर्न सक्नेछन् ।

एनसेलका सम्पूर्ण प्रिपेड ग्राहकले एस्ट्रिक्स् १७११८ ह्यास डायल गरी यो प्याक सुचारु गरी योजना अन्र्तगतको सुविधाको लाभलिन सक्छन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार जति पटक पनि यो प्याकलिन सक्छन् र पछिल्लो पटक सुचारु प्याकको आधारमा समयावधि थपिनेछ ।

आफ्ना प्रिपेड ग्राहकका लागि कर सहित २७ पैसा प्रति मिनेटको दरमा एनसेलको अन्य नम्बरमा कल गर्न सकिने यस्ता खालका आकर्षक प्याक ल्याउनपाउँदा गौरव महशुस भएको एनसेलकाकर्पोरेट संवादविज्ञ मिलनशर्माले बताए । ‘प्याकको समयावधि २४ घण्टा रहेकोले दिउँसोे प्याक सुचारु गरेका ग्राहकले टकटाईम बाँकी छ भने भालिपल्ट बिहान ५ बजेबाट दिउँसो सम्मपनि यो टक टाइम प्रयोग गर्न सक्छन्,’ उनले भने, ‘यो अफर ग्राहकहरुलाई सुलभ दरमा गुणस्तरीय सेवाप्रदानगर्ने हाम्रो प्रतिबद्घताको एउटा अर्को प्रमाण हो ।’

प्याकमा उल्लेख गरिएको समया वधिवा टक टाइम सकिएपछि विद्यमान शुल्कलागु हुनेछ । ग्राहकले पनि एस्ट्रिक्स् ९०१ ह्यास डायल गरी आफ्नो बाँकी टक टाइमको जानकारी लिन सक्छन् । यो योजना ९० दिनको लागीलागु हुनेछ ।

यस अघि ल्याईएको दैनिक र साप्ताहिक भ्वाईस प्याकहरुलाई पनि एनसेलले स्थाई बनाएको छ । जस अन्र्तगतग्राहकले दैनिक भ्वाईस प्याकमा कर सहित रु १ रुपैयाँ र साप्ताहिकभ्वाईस प्यार्कमा कर सहित ८६ पैसा प्रतिमिनेटमा कुरा गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्