Logo

कस्तो हो जर्मनीले बनाएको ‘इलेक्ट्रोनिक नाक’ ? जसले आगलागी पहिल्यै पत्ता लगाउन सक्छ

कस्तो हो जर्मनीले बनाएको ‘इलेक्ट्रोनिक नाक’ ? जसले आगलागी पहिल्यै पत्ता लगाउन सक्छ



काठमाडौं । जर्मनीले जंगलको आगोको गन्ध सुँघ्न सक्ने इलेक्ट्रोनिक नाक विकास गरेको छ । एक बर्लिन स्टार्ट–अपले इलेक्ट्रोनिक नाकको रूपमा काम गर्ने शक्तिशाली सेन्सरहरूले सुसज्जित उपकरण निर्माण गरेको हो । यसलाई जंगलमा लागेको आगोको जानकारी दिन प्रयोग गरिने छ ।

जङ्गली आगोको गन्ध मिनेटमै सुन्न सक्ने यी सेन्सरहरू सबैभन्दा बढी प्रभावित क्षेत्र जर्मनीको ब्रान्डेनबर्ग क्षेत्रमा परीक्षण भइरहेको छ । ड्राइएड नेटवक्र्स नामक स्टार्ट–अपका सह–संस्थापक जुर्गन मुलरले उत्तरपूर्वी जर्मनीको एबर्सवाल्ड जंगलमा यो उपकरणको लागि पुगेका छन् । यो उपकरण दुई वर्ष पहिले बनाइएको थियो ।

यसमा जर्मनीको इन्जिनियरिङ फर्म बोशले बनाएको धेरै संवेदनशील सेन्सरहरू छन् । मुलर बताउँछन् कि यी सेन्सरहरूले रुखहरूमा रोपिएका नाकहरू जस्तै काम गर्छन् । यो सेन्सरले तापक्रम, आर्द्रता र हावाको चाप पनि पत्ता लगाउँछ । ‘हामीले ज्वलन्त आगो फैलिनुभन्दा १०–१५ मिनेट पहिले पत्ता लगाउन सक्छौं,’ मुलरले भने । आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा यो सेन्सरले जंगलमा लागेको आगो र अन्य ज्वालाबीचको भिन्नता बताउन सक्छ । आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा यो सेन्सरले जंगलमा लागेको आगो र अन्य ज्वालाबीचको भिन्नता बताउन सक्छ ।

सेन्सरले कसरी काम गर्छ

आर्टिफिसियल इन्टेलिजेन्सको सहयोगमा यो सेन्सरले प्रारम्भिक जङ्गलको आगो र डिजेल ट्रकबाट निस्केको ज्वालाजस्ता अन्य ज्वालाहरू बीचको भिन्नता बताउन सक्छ । एबर्सवाल्डको आफ्नो प्रयोगशालामा मुलरले यन्त्रसहित विभिन्न प्रकारको जंगली आगोबीच भेद गर्न सिकाउँदै छन् ।

यसका लागि उनले विभिन्न प्रकारका जङ्गलबाट निस्कने धुवाँ प्रयोग गर्छन् । यसले सेन्सरलाई थाहा हुन्छ कस्तो प्रकारको आगो सुरु भएको छ । आगलागी भएको पत्ता लाग्ने बित्तिकै डाटा क्लाउड निगरानी प्रणालीमा जान्छ र स्थानीय प्रशासनलाई तुरुन्तै सूचित गरिन्छ ।

पाइलट प्रोजेक्ट अन्तर्गत एबर्सवाल्ड जङ्गलमा करिब चार सय सेन्सर जडान गरिएको छ अर्थात् प्रत्येक हेक्टरमा एउटा यन्त्रको व्यवस्था गरिएको छ । ड्राइएड नेटवक्र्सका अनुसार यो सेन्सरको परीक्षण अमेरिका, ग्रीस, स्पेनलगायत विश्वका १० देशमा भइरहेको छ । कम्पनीले गत वर्ष नै १० हजार सेन्सर बिक्री गरिसकेको छ ।

ठूलो नाक

ब्रान्डनबर्ग वनका वन फायर प्रोटेक्शन अफिसर राइमुन्ड एङ्गेलले यो सेन्सर जङ्गलमा लागेको आगो पत्ता लगाउने राम्रो माध्यम भएको विश्वास गर्छन् । १०५ टावरको माथि राखिएका क्यामेराले ३६० डिग्री घुमाएर वरपरको जमिनको निगरानी गर्छ, जुन पहिले मानिसको काम थियो । एन्जेलले यी क्यामेराको सहायताले खिचिएका तस्बिरहरूलाई नजिकबाट जाँच्छन् र खतरा पत्ता लाग्ने बित्तिकै अलार्म बजाउँछन् ।

२०२२ मा ५२१ वन आगोको साथ ब्रान्डनबर्ग सबैभन्दा नराम्ररी प्रभावित भएको थियो । जलवायु परिवर्तनका कारण जङ्गलयुक्त क्षेत्रको मौसम भूमध्यसागरीय क्षेत्रजस्तै भएको आङ्ले बताउँछन् जहाँ तापक्रम ४० डिग्री पुग्छ । आगो जति चाँडो थाहा हुन्छ, त्यति नै चाँडो स्थिति नियन्त्रणमा ल्याउन सकिन्छ । अनुवाद गरिएको

प्रतिक्रिया दिनुहोस्
MBL