Logo

एनसेलको नाइट एसएमएस प्याक सञ्चालनमा, आजदेखि लागु

एनसेलको नाइट एसएमएस प्याक सञ्चालनमा, आजदेखि लागु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘नाईट एसएमएस प्याक’ नामक आकर्षक योजना ल्याएको छ । यो योजना अन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले कुनै पनि एनसेलका नम्बरमा हरेक दिन बेलुका १० बजे देखी विहान ६ बजे सम्म मात्र रु ५ (कर बाहेक) मा १०० एसएमएस पठाउन सक्ने बताइएको छ ।

नाईट एसएमएस प्याक यही बुधबार (असार १) बाट लागु भई ३ महिनाको अवधि सम्म संचालनमा रहने छ । एनसेलका अनुसार सबै ग्राहकले ८१७११९३ डायल गरी प्राप्त जानकारी अनुसार यो सेवा सुचारु गर्न सक्छन् ।

ग्राहकले सेवा प्रयोगको अवधि सकिएपछि स्वतः नविकरण हुने वा आफ्नो आवश्यकता अनुसार प्रत्येक पटक दैनिक रुपमा प्याक खरिद गर्ने गरी दुई किसिमबाट यो सेवा सुचारु गर्न सक्छन् ।

एसएमएस प्रयोग गर्न रुचाउने ग्राहकहरुका लागि यो ‘नाइट एसएमएस प्याक’ योजना ल्याएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिए । ‘यसले हाम्रा ग्राहकलाई सुलभ दरमा आफ्ना प्रियजनसँग सम्पर्कमा रहन मद्दत पु¥याउने विश्वास लिएका छौ ।’

यो प्याक सुचारु गरे पछि २४ घण्टाको लागी मान्य हुनेछ । स्वतः नविकरण हुने प्याक मध्यरातमा नवीकरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्