काठमाडौं डिजिटल सेवा प्रदायक टिगले कर्णाली प्रदेश सरकारसँग सहकार्य गर्ने भएको छ । साना तथा मझौला स्थानीय व्यवसायहरूको लागि गतिशील डिजिटल रूपान्तरणको नेतृत्व गर्न टिगले कर्णाली सरकारकासँग सहकार्य गर्न लागेको हो । गत आइतबार टिग टोलीका सदस्यहरूले कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीसँग डिजिटल रणनीतिबारे छलफल गरेका छन ।
मन्त्रि जिसीको उक्त पहलले साना र मझौला उद्यमहरूलाई टिगको लेखा र मौज्दात व्यवस्थापन प्लेटफर्ममा पहुँच प्रदान गरेर व्यवसायको सशक्तिकरण गर्ने लक्ष्य राखेको छ । आधुनिक प्रविधिमा सबैलाई समेट्ने आफ्नो प्रतिबद्धता अनुसार टिगले कर्णाली प्रदेशमा भित्र पर्ने नौ जिल्लाहरु (पश्चिम रुकुम, सल्यान, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, मुगु, दैलेख र जाजरकोट)मा दर्ता ठेगाना भएका सबै व्यवसायहरूलाई आफ्नो डिजिटल प्लेट्फर्ममा निःशुल्क लेखा राख्न सकिने व्यवस्था गरेको छ। सामान्यतया दर्ता गरी प्रती व्यवसाय बिस देखी बत्तिस हजार सम्म पर्ने सो सुबिधा दुर्गम स्थानमा सन्चालित कर्णाली प्रदेशका व्यवसायिहरुको लागी लक्षित गरिएको हो ।
‘हाम्रो उद्श्य भनेको कर्णालीलाई डिजिटल रूपान्तरण गर्नु हो र टिगस्ता एपले व्यापार–व्यवसायहरुलाई डिजिटलाइजेशन को लाभ लिन मद्धत गर्छ’ मन्त्रि जिसीले भने ।
फलस्वरुप व्यवसायीहरूलाई व्यवसाय सञ्चालनलाई सुव्यवस्थित गर्न र लेखा बहिखाता व्यवस्थित गर्न सक्षम बनाउँने बताईएको छ । डिजिटल प्रविधिमा आधारित समाधानहरू अंगाल्नाले कर्णाली प्रदेशका व्यवसायहरूलाई डिजिटल युगमा सफल बनाउन सकिन्छ भन्ने बिषयमा टिगको दृढ विश्वास रहेको छ । डिजिटलाइजेसनको माध्यमबाट यस्ता समाधानहरू प्रदान गरी स्थानीय व्यवसायहरूलाई सशक्तिकरण गरेर प्रदेश क्षेत्रको आर्थिक वृद्धिलाई पनि ध्यानमा राखी टिगले मन्त्रि जि। सी। को पहललाई समर्थन गरेको छ ।