Logo

देशका प्रमुख स्थानमा तत्काल फोरजी, थ्रीजीको गुणस्तर बढाइने सञ्चारमन्त्रीको भनाई

देशका प्रमुख स्थानमा तत्काल फोरजी, थ्रीजीको गुणस्तर बढाइने सञ्चारमन्त्रीको भनाई


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सुचना तथा सञ्चार मन्त्री शेरधन राईले देशका प्रमुख सहरमा तत्काल फोर जी सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन् । पछिल्लो पुस्ताको इण्टरनेट प्रविधि मार्फत दुरसञ्चार विकासको लक्ष्य अनुसार फोर जी सेवा सुरू गरिने उनको भनाई छ ।

मङ्गलबारदेखि राजधानमिा सुरू भएको ‘एसिया प्यासिफिक टेलिकम्युनिटी(एपीटी)’को तेस्रो ‘गु्रप मिटिङ्’को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ग्रामिण क्षेत्रमा थ्रीजी सेवाको गुणस्तर वृद्धि गरी उच्च गतिको इण्टरनेट पहुँच बढाउने प्रयास भइरहेको समेत उनले बताए ।

त्यस्तै देशभरका सार्वजनिक स्थानमा समेत ब्रोडब्याण्ड इण्टरनेट पु¥याउने प्रक्रिया अघि बढिसकेको उनले जानकारी दिए । एपीटीको गु्रप मिटिङ्मा २० देशका प्रतिनिधि सहभागि छन् । मिटिङ्ले दुरसञ्चारको मापदण्डका विषयमा समझदारी गरेर त्यसको टुङ्गो लगाउनेछ ।

प्रतिक्रिया दिनुहोस्