Logo

विटिएस टावरमा पुर्याएको क्षतिको एनसेलद्धारा भत्सर्ना, संचार प्रयोगको अधिकारको सम्मान गर्न आग्रह

विटिएस टावरमा पुर्याएको क्षतिको एनसेलद्धारा भत्सर्ना, संचार प्रयोगको अधिकारको सम्मान गर्न आग्रह


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोवाईल सेवा प्रदायक कम्पनी एनसेलले कम्पनीको बेस स्टेसनमा अज्ञात समूहले आक्रमण जारी राख्दै थप दूरसंचार पुर्वाधारमा भौतिक क्षति पु¥याउने कार्यको भत्सर्ना गरेको छ । कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै सो कार्यको भत्सर्ना गरेको हो ।

संचार जस्तो अत्यावश्यक सेवा प्रदान गर्ने अति महत्वपूर्ण मोवाईल सेवा पूर्वाधारमा भौतिक आक्रमण गर्नु गैरकानूनी तथा गम्भिर अपराध भए पनि केही अज्ञात समूहले शनिवार देखि एनसेलको विभिन्न जिल्लाका ग्रामिण क्षेत्रमा रहेका २४ वटा बेस स्टेसनमा क्षति पु¥याएको बताइएको छ । ‘यसले करिब ५ लाख ५० हजार नागरिलाई प्रत्यक्षरुपमा संचार विहिन बनाएको छ भने देशभरका नागरिकलाई असर गरेको छ’ विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै सबैलाई नागरिकको संचारमा पहुँच तथा प्रयोग जस्तो आधारभूत अधिकारको सम्मान गर्न आग्रह गरेको छ । ‘यस्तो गतिविधि गर्नेले हेक्का राखौं ति ग्रामिण ईलाकामा यतिखेर कति व्यक्तिलाई आकस्मिक स्वास्थ्य सेवा चाहिएको हुनसक्छ, र तपाईंको गतिविधिले उनीहरुलाई गंभिर अवस्थामा पु¥याएको हुन सक्छ’,एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनले भने ।

एनसेलले क्षति पुगेका टावरको यथासक्य चाँडो पुनस्र्थापनाका लागि प्रयत्नशिल रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL