Logo

क्लाउड फष्ट स्मार्टफोन भारतमा सार्वजनिक, मेमोरी सकिने झण्झट नहुने

क्लाउड फष्ट स्मार्टफोन भारतमा सार्वजनिक, मेमोरी सकिने झण्झट नहुने


बिजखबर संवाददाता
0
Shares

सेन फ्रांसिस्कोको कम्पनी नेक्सटिबीटले भारतमा आफ्नो पहिलो स्मार्टफोन क्लाउड फष्ट सार्वजनिक गरेको छ । सो स्मार्टफोनमा मेमोरी कार्ड भरिने समस्या हुदैन ।

यस फोनमा डेटा क्लाउड सेवा भएकोले मेमोरी कार्ड भरिने समस्या नहुने बताइएको छ । यसमा १ सय जीवीको क्लाउड स्टोरेजको क्षमता छ ।  सो फोनको मूल्य भारु १९ हजार ९ सय ९९ तोकिएको छ ।

सो मोवाइल इ कमर्स साइट फ्लिपकार्टबाट खरिद गर्न सकिन्छ । विशेषगरी मेमोरी कार्डको स्टोरेज सिमित हुने समस्याबाट यस फोनले छुटकारा दिने छ । यसमा स्मार्टफोनमा हुने सवै प्रकारको विशेषता रहेको बताइएको छ । यसमा एउटा क्लाउड स्टोरेज प्राप्त गर्न सकिन्छ । एजेन्सि

प्रतिक्रिया दिनुहोस्