Logo

आइसिटी स्टार्टअप अवार्डको मनोनयन अनलाइनबाट, उत्कृष्ट ४ लाई पुरस्कार

आइसिटी स्टार्टअप अवार्डको मनोनयन अनलाइनबाट, उत्कृष्ट ४ लाई पुरस्कार


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सूचना तथा सञ्चार प्रविधिबारे लेख्दै आएको म्यागेजिन लिभिङ विथ आइसिटीले ‘आइसिटी स्टार्टअप अवार्ड २०१६’ आयोजना गर्ने भएको छ । म्यागेजिनले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा सो अवार्ड वितरण कार्यक्रम गर्न लागेको हो ।

आगामी असार ८ गते आयोजना हुने आइसिटी स्टार्टअप अवार्डमा नेपालका उत्कृष्ट ४ आइटी स्टार्टअपलाई सम्मान गर्न लागिएको म्यागेजिनका सम्पादक राजन लम्सालले जानकारी दिए । अनलाइनबाट दर्ता भएका र जुरी समुहले रिफर गरेका स्टार्टअप कम्पनीहरुबाट उत्कृष्ट १० छान्ने र त्यसलाइ अनलाइन भोटिङ र जुरी समुहको सेलेक्सन प्रोसेसबाट उत्कृष्ट ४ घोषणा गरिने आयोजकले जनाएको छ ।

अवार्ड मनोनयनका लागि इच्छुक आइटी स्टार्टअपले यही जेठ १९ (जुन १) सम्म कम्पनी विवरणसहित अनलाइन एप्लिकेशन फारम भर्नुपर्नेछ । नेपालमा कानुनसम्मत दर्ता भइ ५ वर्ष ननाघेका एवं बजारमा कम्तिमा एउटा प्रोडक्ट वा सेवा उपलब्ध गराएका स्टार्टअप कम्पनीले यो प्रतिष्पर्धामा भाग लिन सक्नेछन् ।

कार्यक्रममा आइसिटी क्षेत्रमा महत्वपुर्ण योगदान पुर्याएका एक व्यत्तिलाइ विशेष सम्मान गरिने कार्यक्रम समेत रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्