Logo

एनसेलले ल्यायो दैनिक अनलिमिटेड डाटा रोमिङ् प्याक, ४ देशमा लागू हुने, मुल्य रु. १५००

एनसेलले ल्यायो दैनिक अनलिमिटेड डाटा रोमिङ् प्याक, ४ देशमा लागू हुने, मुल्य रु. १५००


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले एक्जियटा गु्रप नेटवर्क भित्रका देशहरुमा भ्रमण गर्ने आफ्ना ग्राकहहरुलाई केन्द्रित गर्दै आकर्षक दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक ल्याएको छ । विहीबारदेखि लागु हुने यो योजना अन्र्तगत ग्राहकले बाङ्लादेश, क्याम्बोडिया, मलेसिया र श्रीलंका भ्रमणको समयमा कर सहित १ हजार ५ सय रुपैयाँमा प्याक खरिद गरी दैनिक अनलिमिटेक डेटा सेवाको फाइदा दिन सक्छन् ।

यो योजना अन्र्तगत ग्राकहले प्रत्येक दिन स्वत सुचारु हुने दैनिक अनलिमिटेड डेटा रोमिङ् प्याक वा प्रत्येक दिन आफैले किन्न पर्ने प्याक प्रगोग गर्न सक्छन् । स्वत सुचारु हुने प्याक खरिद गर्दा ग्राहकले एक पटक प्याक खरिद गरेपछि भ्रमण अवधिभरी सहजै डेटा सेवा प्रयोग गर्न सक्नेछन् । अर्को प्याक भने आफ्नो आवश्यकता अनुसार दैनिक रुपमा खरिद गर्न पर्ने हुन्छ ।

प्याक खरिद गर्नका लागि ग्राहकले पहिला स्टार (*)१७१२७ ह्यास (#) डायल गरी प्राप्त जानकारी अनुसार रोमिङ् सेवा सुचारु गर्नु पर्दछ । त्यस पश्चात स्टार (*)१७१२९ ह्यास (#) डायल गरी दैनिक रुपमा आफै सुचारु हुने वा प्रत्येक दिन किन्न पर्ने दैनिक प्याक छान्न सक्छन् । यी प्याकका माध्यमबाट दुवै प्रिपेड र पोष्टपेड सेवाका ग्राहकले भ्रमणको बेलामा रोबि एक्जियटा (बाङ्लादेश), स्मार्ट एक्जियटा (क्याम्बोडिया), सेलकम एक्जियटा (मलेसिया) र डायलग एक्जियटा (श्रीलंका) को नेटवर्कमा कनेक्ट भई डेटा सेवा मार्फत आफ्ना आफन्तजनहरुसंग सहजै सम्पर्कमा रहन सक्नेछन् ।

‘रोमिङ्मा रहेका बेलामा डेटा सेवाको माग एकदमै बढिरहेको अहिलेको अवस्थामा, हामी हाम्रा ग्राहकका लागि अनलिमिटेड दैनिक डेटा रोमिङ् प्याक ल्याउन पाउदा खुशी लागेको एनसेलका इन्टरप्राईज निर्देशक प्रणय राज आचार्यले बताए । ‘यो योजनाले ग्राहकहरुलाई विषेश महत्व राख्दछ र एक्जियटा गु्रप नेटवर्क भित्रका देशहरुको भ्रमणमा रहेका बेलामा तुलनात्मक रुपमा सुलभ शुल्कमा डेटा सेवा प्रगोग गर्न मद्दत गर्दछ,’ उनले भने, ‘हामी ग्राहकहरुको सेवा प्रतिको राम्रो अनुभव बढाउनका लागि थप योजनाहरु सार्वजनिक गर्दै जाने छौ ।’

दैनिक प्याक सुचारु गरेपछि २४ घण्टा सम्म प्रयोगका लागि समय सिमा हुनेछ । समयावधि सकेपछि, ग्राहकले पुन प्याक खरिद गर्न सक्छन् वा हाल लाग्दै आएको १५ रुपैयाँ प्रति एमबि शुल्कमा डेटा सेवा प्रगोग गर्न सक्छन् । प्रत्येकदिन आफै सुचारु हुने दैनिक प्याकको हकमा जुन सुकै समयामा प्याक खरिद गरेता पनि प्रयोग गर्ने समयसिमा मध्य रातमा सकिने छ र स्वत नयाँ प्याक सुचारु हुने छ ।

प्रतिक्रिया दिनुहोस्