Logo

‘एनसेल,लास्टै ठूलो अफर’ योजना सार्वजनिक, १ हजार रिचार्जमा १ हजारको बोनस

‘एनसेल,लास्टै ठूलो अफर’ योजना सार्वजनिक, १ हजार रिचार्जमा १ हजारको बोनस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाइल सेवा प्रदायक एनसेलले आफ्ना ग्राहकलाई रिचार्जमा आकर्षक बोनसका साथ ‘एनसेल, लास्टै ठूलो अफर’ योजना ल्याएको छ । योजना अन्र्तगत ग्राहकले रु २ सय भन्दा माथिको रिचार्जमा प्रत्येक रिचार्जको रकम अनुसार रु १ सय देखि रु १ हजारसम्मको बोनस पाउन सकिन्छ ।

योजना एनसेलका प्रिपेड ग्राहकका लागि मात्र मान्य हुने बताइएको छ । योजना सोमवारदेखि लागु भई भदौ ४ गतेसम्म सञ्चालन हुन लागेको हो । बोनस प्राप्त गर्नका लागि ग्राहकले कम्तिमा रु २ सय वा सो भन्दा बढी मुल्यको ब्यालेन्स रिचार्ज गर्न पर्ने हुन्छ ।

यस योजनामा ग्राहकले रु २ सयको रिचार्ज गर्दा ५ दिनको लागि मान्य हुने रु १ सय बोनस ब्यालेन्स प्राप्त गर्नेछन् । रु ३ सय रिचार्ज गर्दा ७ दिन समय सिमा भएको रु २ सय बोनस पाउने बताइएको छ ।

त्यसैगरी, रु ५ सय र रु १ हजारको रिचार्ज गर्ने ग्राहकले क्रमशः रु ४ सय र १ हजार बोनस प्राप्त गर्नेछन् । रु ५ सय रिचार्ज गरे बापत पाइने बोनस उपयोग गर्नका लागि १० दिनको समयसिमा हुने बताइएको छ । त्यसैगरी १ हजार रिचार्ज बापत १ हजारको बोनस उपयोगका लागि भने १४ दिनको समय सिमा हुनेछ ।

रिर्चाजमा पाईने बोनस योजनाले ग्राहकलाई अझ सस्तोमा सेवाको प्रयोग गर्नका लागि एउटा राम्रो अवसर हुने एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले जानकारी दिए ।

यो योजना अन्र्तगत प्राप्त बोनसबाट ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न, एसएमएस र डेटा सेवा प्रयोग गर्न सक्नेछन् । रिचार्ज कार्ड, भरचुअल फन्ड ट्रान्सफर (भिएफटी) र इ–टप अप मार्फत गरिएका ब्यालेन्स रिचार्जमा यो योजना लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्