Logo

एनसेलले दियो १२ विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान,पुरस्कार राशि १ लाख

एनसेलले दियो १२ विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान,पुरस्कार राशि १ लाख


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी केन्द्रिय क्याम्पस पुलचोकमा अध्ययरत उत्कृष्ट विद्यार्थीलाई छात्रबृत्ति दिएको छ । क्याम्पसमा इलेक्ट्रिकल, ईलेक्ट्रोनिक्स् तथा कम्युनिकेसन, र कम्प्युटर ईन्जिनियरिङ संकाय अन्र्तगत स्नातकतहमा अध्ययन गर्ने विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको हो ।

आफ्नो व्यावसायीक सामाजिक उत्तरदायित्व अन्र्तगत, एनसेलले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्न यो छात्रवृत्ति तथा उत्कृष्टता सम्मान स्थापना गरेको बताइको छ ।
एनसेलका प्रबन्धनिर्देशक साइमन पर्किन्स्ले शुक्रबार एक समारोहकाबीच १२ वटा शिर्षकअन्तर्गत यी तीन संकायका १२ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरेका छन् ।

साथै उक्त समारोहमा उनले ४ वटा विधा अन्तर्गत ४ जना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान पनि प्रदान गरे । प्राविधिक शिक्षालाई प्रोत्साहन र देशमा दक्ष जनशक्तिको विकासमा योगदान पु¥याउने उद्देश्य अनुरुप एनसेलले प्रदान गरेको प्रत्येक छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कारको राशि १ लाख रुपैयाँ रहेको छ ।

एनसेलले ५ वर्षका लागि ईन्जिनियरिङ अध्ययन संस्थान, केन्द्रिय क्याम्पस पुल्चोकमा२०७१ मा उक्त छात्रवृत्ति तथा उत्कृष्टता पुरस्कार स्थापना गरेको थियो ।‘शिक्षा क्षेत्र साामाजिक उत्तरदायित्वका कार्यक्रमहरु संचालन गर्नका लागि सधै हाम्रो उच्च प्राथमिकतामा रहेको छ । छात्रवृतिले सृजनशील र लगनशिल विद्यार्थीहरुलाई शिक्षाका लागि आर्थिक व्यवस्थापनको चिन्ताबाट टाढा राखि पढाईमा ध्यान दिन मद्दत गर्ने पार्किन्सले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL