Logo

अनुमतिविना भ्यास रिन्यु गराउँदै नेपाल टेलिकम, ५० हजार जरिवानासहित कारबाही

अनुमतिविना भ्यास रिन्यु गराउँदै नेपाल टेलिकम, ५० हजार जरिवानासहित कारबाही



काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले नेपाल टेलिकमलाई ५० हजार रुपैयाँ जरिवानासहित कारबाही गरेको छ । प्राधिकरणले निर्देशन विपरित स्वतः नविकरण हुने गरी भ्यालु एडेड सर्भिस (भास) सेवा संचालन गरेको भन्दै जरिवानासहित कारबाही गरेको हो ।

प्राधिकरणको गत १ गते बसेको बोर्ड बैठकले टेलिकमलाई उक्त जरिवानासहितको कारबाही गर्ने निर्णय गरेको हो ।

प्राधिकरणको बोर्ड बैठकले टेलिकमलाई दूरसंचार ऐन २०५३ को दफा ४७ (१) बमोजिम ५० हजार जरिवाना तोकेर कारबाही गरेको हो । यसअघि प्राधिकरणमा टेलिकमले उपलब्ध गराएको सीआरबीटी सेवा अटो रिन्यु हुनेगरेको भन्दै गुनासो आउने गरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्