Logo

भु उपग्रहको विकास गर्ने घोषणा, मध्यपहाडी र हुलाकी राजमार्गमा अप्टिकल फाइवर विस्तार गरिदै

भु उपग्रहको विकास गर्ने घोषणा, मध्यपहाडी र हुलाकी राजमार्गमा अप्टिकल फाइवर विस्तार गरिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले नेपालको आफ्नै भु उपग्रहको विकास गरी दूरसञ्चार प्रविधि रेडियो र टेलिभिजनको विस्तारको कार्य प्रारम्भ गर्ने भएको छ । आइतवार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्या भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।

त्यस्तै ग्रामिण दूरसञ्चार कोष परिचालन गरि मध्यपहाडी राजमार्ग तथा हुलाकी राजमार्गमा अप्टिकल फाइवर विस्तार गर्ने बताइएको छ । साथै माइक्रोवेभ ट्रान्समिसनबाट सामुदायिक विद्यालय र प्राथमिक स्वास्थ्य केन्द्रमा इन्टरनेट सुविधा उपलब्ध गराउने कार्य सुरु गर्ने छ ।

त्यस्तै पुष्पलाल मध्यपहाडी राजमार्गमा पर्ने बजारकेन्द्र र घोषणा भएका नयाँ नगरपालिकाहरुमा आधुनिक सहरको अवधारणा अनुसार सूचना प्रविधिका सेवाहरु उपलब्ध गराउने सरकारको योजना छ । महत्वपूर्ण सार्वजनिक स्थलहरुमा दूरसञ्चार सेवा प्रदायक संस्था र सम्वन्धित संस्थाले लागत बेहोर्ने गरी निःशुल्क इन्टरनेट सेवा दिने कार्य सुरु गरिने छ ।

प्रतिक्रिया दिनुहोस्