Logo

ट्वीटरमा ‘नो ट्याक्स नो एनसेल ट्रेन्ड’, एनसेलविरुद्द आक्रोस पोखिदै

ट्वीटरमा ‘नो ट्याक्स नो एनसेल ट्रेन्ड’, एनसेलविरुद्द आक्रोस पोखिदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई कर नतिरेको भन्दै सामाजिक सञ्जाल ट्वीटरमा आक्रोस पोखिएको छ । अहिले ट्वीटरमा नो ट्याक्स नो एनसेल ट्रेन्ड पहिलो स्थनमा पुगेको छ ।

१ खर्ब भन्दा बढी मूल्यमा किनबेच भएको नेपालको निजी मोबाइल प्रदायक कम्पनी एनसेलले सरकारलाई कर नतिरेपछि सामाजिक सञ्जालमा आक्रोश पोखिएको हो ।

१ खर्ब ४० अर्बमा विक्री भएको भनिएको एनसेलले सरकारलाई बुझाउनुपर्ने ४० अर्ब रुपैयाँ राजस्व तिरेको छैन । एनसेलले कर नतिरेको भन्दै उपभोक्ताले बहिष्कार अभियान नै चलाएका छन् ।नेपालको कर कार्यलयले पटकपटक पत्र काट्दा पनि एनसेलले आफु करको दायरमा नपरेको भन्दै पन्छिन खोजेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL