काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उत्कृष्ट सुचना प्रविधि प्रयोगकर्ताको पुरस्कार प्राप्त गरेको छ । बैंकले सरकारी क्षेत्रमा उत्कृष्ट आइसिटी प्रयोगकर्ताको पुरस्कार प्राप्त गरेको हो ।
त्यस्तै प्रोफेसनल कम्प्युटर सिस्टमले निजी क्षेत्रको उत्कृष्ट आइसिटी प्रयोगकर्ताको पुरस्कार प्राप्त गरेको छ ।
सोमवार आइसिटी दिवसको उपलक्ष्यमा सो पुरस्कार दिइएको थियो । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले सो पुरस्कार प्रदान गरे ।