काठमाडौं । जियोनिले चाँडै नै म्याराथन एम फाईभ प्लस नेपालमा ल्याउने भएको छ्र । यो फोन जियोनिको ठुलो ब्याट्री रहने म्याराथन सिरिजको नयाँ संस्करण हो । एम फाईभ प्लसमा पूर्ण मेटालिक र अल्ट्रा स्लिम युनिबडिमा ६ इन्चको फुल एच डि अमोलेड स्क्रिन रहेको कम्पनीले जानकारी दिएको छ । फोनमा १३ मेगापिक्सेलको रियर क्यामेरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामेराका साथै १दशमलव ३ गिगाहर्जको ओक्टा कोर प्रोसेसर रहेको छ ।
त्यस्तै म्याराथन एम फाईभ प्लसमा ५ हजार २० एम ए एच क्षमताको ठुलो ब्याट्री छ । जुन बजारमा उपलब्ध औसत फोनको भन्दा डबल हो । यसमा रहेको डुअल चार्जिङ चिप्सले छिटो चार्ज गर्न सहायता गर्छ्र ३ जी बि (याम, इन्टरनल स्टोरेज ६४ जी बि र पछिल्लो टाइप सी यूएसबी पोर्ट, फोनको अर्को विशिष्ट विशेषता हो । मेमोरी कार्डको माध्यमबाट अझ १ सय २८ जीबि यो फोनमा थप्न सकिन्छ । यसमा अधिकतम सुरक्षाका लागि फिङ्गर प्रिन्ट स्क्यानर पनि राखिएको छ्र । फोनमा ओएस भने एन्ड्रोइड ५ दशमलव १ मा आधारित जियोनिको आफ्नै सफ्टवेर अमिगो ३ दशमलव १ रहेको छ ।
जियोनीका कन्ट्री प्रबन्धक मि। विनका अनुसार जियोनीले आफ्नो म्याराथन सिरिज मार्फत सुपर पावर स्मार्टफोनलाई परिभाषित गर्नु का साथै यस क्षेत्रमा बेन्चमर्क राखेको छ्र । जियोनी एम फाईभ प्लस यस म्याराथन सिरिजको उत्कृष्ट संस्करण भएको उनले जानकार दिए ।