Logo

भुकम्प प्रभावित जिल्लामा इन्टरनेट, सेवा प्रदायक छनौट गरिदै

भुकम्प प्रभावित जिल्लामा इन्टरनेट, सेवा प्रदायक छनौट गरिदै


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले भुकम्प प्रभावित जिल्लामा ब्रोडव्याण्ड सेवा पुर्याउने भएको छ । प्राधिकरणले भुकम्प प्रभावित जिल्लाका सामुदायिक विद्यालय, स्वास्थ्य चौकी गाविस कार्यलय,हुलाकलगायतमा इन्टरनेट सेवा पुर्याउन लागेको हो ।

यसका लागि इन्टरनेट सेवा प्रदायक (आइएसपी) को छनौटका लागि सूचना निकालिएको प्राधिकरणका सह प्रवक्ता अच्युतानन्द मिश्रले जानकारी दिए । प्राधिकरणले विगत ३ बर्षदेखि ग्रामिण दुरसञ्चार विकास कोषमा २ लाख जम्मन गरेको, आइएसपी लाइसेन्स लिएको तथा १० जिल्लामा सेवा दिइरहेका सेवा प्रदायक छनौट गर्ने बताइएको छ ।

मिश्रका अनुसार भुकम्प प्रभावित जिल्लामा इन्टरनेट सेवा पुर्याउन आवेदन दिनेमध्ये ६ ओटा प्रदायक छनौट गरिने छ ।  प्राधिकरणले इन्टरनेट जडानखर्च आफै बेहोर्ने छ । त्यस्तै केही दिनको सञ्चालन खर्च समेत प्राधिकरणले बेहोर्ने मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL