Logo

ग्रामिण भेगका विद्यालयमा इन्टरनेट पुर्याइँदै, जडान खर्च प्राधिकरणले बेहोर्ने

ग्रामिण भेगका विद्यालयमा इन्टरनेट पुर्याइँदै, जडान खर्च प्राधिकरणले बेहोर्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले ग्रामिण भेगका विद्यालयमा इन्टरनेट सेवा पुर्याउने तयारी गरेको छ । प्राधिकरणले शुरुमा करिव ३ हजार विद्यालयमा इन्टरनेट सेवा पुर्याउने तयारी गरेको हो ।

यसका लागि इच्छुक विद्यालयहरुलाई आशयपत्र (इओआई) माग गरिएको प्राधिकरणका सहप्रवक्ता अच्युतानन्द झाले जानकारी दिए । ‘बैशाख २४ गतेसम्म आशयपत्र बुझाउन सूचना गरेका छौं,’ उनले भने ‘जेठ १४ देखि इन्टरनेट जडान शुरु गर्ने छौं ।’ साथै इन्टरनेट सेवा प्रदायकहरुसँग त्यसबारे छलफल समेत भइसकेको जानकारी उनले दिए ।

प्राधिकरणको बार्षिक कार्यक्रममा सुरुमा ५ सय विद्यालयमा इन्टरनेट जडान गर्ने उल्लेख गरिए पनि सो भन्दा बढीको लक्ष्य रहेको बताइएको छ । ग्रामिण भेगका करिव ३ हजार विद्यायललाई इन्टरनेट उपलब्ध गराउने उद्देश्य रहेको मिश्रले जानकारी दिए ।

जसअनुसार सवै विद्यालयमा इन्टरनेट जडान खर्च प्राधिकरणले बेहोर्ने छ । त्यसपछि इन्टरनेट प्रयोगगरे वापतको रकम भने विद्यालयले नै तिर्नुपर्ने छ । सुरुको ३ बर्ष प्राधिकरणले सवै खर्च बेहोर्नेबारे छलफल भइरहेको बताइएको छ । तर त्यसबारे नीतिगत निणर्य भने सरकारले गरेको छैन ।

विद्यालय कनेक्टीभिटी कार्यक्रम अन्तरगत बढी विद्यार्थी भएका विद्यालयलाई विशेष प्राथमिकतामा राख्ने बताइएको छ । त्यस्तै विद्यालयको पूर्वाधार कम्प्युटर, विजुलीलगायतको अवस्था हेरेर इन्टरनेट उपलब्ध गराउने छ । त्यसैगरी प्राधिकरणले इन्टरनेट जडानपछि दिगोपनाको समेत आंकलन गर्ने बताएको छ ।

एकपटक इन्टरनेट जडान गरेपछि त्यसको प्रयोग तथा दिगोपना हुने नहुने बुझेर मात्र इन्टरनेट उपलब्ध गराउने मिश्रले बताए । प्राधिकरणले सो कार्यक्रमका लागि दूरसञ्चार विकास कोषको रकम प्रयोग गर्ने बताइएको छ ।

यसैवीच प्राधिकरणले भुकम्प प्रभावित जिल्लाहरुका विद्यालयमा इन्टरनेट सेवा पुर्याउने तयारी गरेको छ । केही दिनभित्रै भूकम्प प्रभावित जिल्लामा इन्टरनेट जडान गर्ने लागिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL