Logo

बैशाख १२ गते टेलिकमको ‘एनटी सम्बोधन’, सास्कृतिक कार्यक्रम गरिने, निःशुल्क प्रवेश

बैशाख १२ गते टेलिकमको ‘एनटी सम्बोधन’, सास्कृतिक कार्यक्रम गरिने, निःशुल्क प्रवेश


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल टेलिकमले गत बैशाख १२ गतेको भुकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा ‘एनटी सम्बोधन’ कार्यक्रम गर्ने भएको छ ।

भुकम्पमा परी दिवंगत भएकाहरुको चिरशान्तीको कामना गर्दै टुँडीखेलमा दीप प्रज्वलन तथा मधुर सांगीतिक कार्यक्रम आयोजना समेत गर्ने भएको छ ।

सो कार्यक्रममा कुटुम्ब, सुगम पोखरेल र श्रेया सोताङलगायतका कालाकारहरुल सांगीतिक प्रस्तुति गर्ने छन् । सो कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा विभिन्न प्रतिष्ठित ब्यक्तिहरुको सहभागिता हुनेछ । बेलुकी ५ बजे शुरु हुने उक्त कार्यक्रममा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

आमनेपाली जनताको सुखदुःखमा सहयोगी बनेर साथसाथै रही रहने वाचा सहित टेलिकमले सो कार्यक्रम गर्न लागेको जानकारी दिएको छ । ‘टेलकमले नेपाली जनताका सुखदुःखलाई निरन्तर सम्बोधन गरिरहने छ,’ जारी विज्ञप्तीमा भनिएको छ, ‘यही अर्थमा कार्यक्रमको नाम ‘एनटी सम्बोधन’ राखिएको हो ।’

टेलिकमले गत बैशाख १२ गते भूकम्प गए पश्चातको समयमा आफ्ना ग्राहकहरुलाई १ अर्ब ४६ करोड रुपैयाँ बराबरको जीएसएम तथा सीडीएमए नेटवर्कबाट राष्ट्रिय तथा अन्तरराष्ट्रि कल उपलब्ध गराएको थियो । यसैगरी, भूकम्पबाट विस्थापित भई शिविरहरुमा वसेका पीडितहरुको सुविधाका लागि कम्पनीले निःशुल्क वाइफाई हटस्पटको व्यवस्था गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL