Logo

एनसेलको कल आयो पैसा पायो योजना, ५ मिनेट पुरा हुनासाथ रु.१५ बोनस

एनसेलको कल आयो पैसा पायो योजना, ५ मिनेट पुरा हुनासाथ रु.१५ बोनस


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकका लागि आकर्षक बोनसका साथ ‘कल आयो पैसा पायो’ अफर ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकले अब कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स (युएई) र साउदी अरेबियाबाट आएको अन्र्तराष्ट्रिय आगमन कलमा कुरा गर्दा बोनस पाउनेछन् ।

एनसेलले आफु मलेसियन टेलिकम कम्पनी एक्जियटा समुहमा आवद्घ भएको तथा नयाँ बर्षको अवसरमा सो योजना ल्याएको बताएको छ । योजना अन्र्तगत ग्राहकले कतार, मलेसिया, युएई र साउदी अरेबियाबाट आएको कल लिई कुरा गर्दा प्रत्येक ५ मिनेट पुरा हुनासाथ रु १५ को दरले बोनस पाउनेछन् । यो अफर आजदेखि लागु भई महिनासम्म जारी रहनेछ ।

एनसेलका ग्राहकले कतार, मलेसिया, युएई र साउदी अरेबियाको कुनै पनि सेवा प्रदायकको नेटवर्कबाट आएको अन्र्तर्रािष्ट्रय आगमन कलमा बोनस प्राप्त गर्नेछन् । पहिलो ५ मिनेट पश्चात ग्राहकले ३० मिनेट सम्म प्रत्येक ५ मिनेटको रु १५ का दरले बोनस पाउन सक्छन्, जस अनुसार ग्राहकले रु ९० सम्म बोनस प्राप्त गर्न सक्ने एनसेलका ईन्टरप्राइज निर्देशक प्रणय आचार्यले जानकारी दिए ।

यसरी प्राप्त बोनस २४ घण्टाका लागि मान्य हुनेछ । ग्राहकले उक्त बोनस एनसेलको नेटवर्क भित्र कुरा गर्न, एसएमएस, एमएमएस पठाउन र इन्टरनेट चलाउन प्रयोग गर्न सक्छन् । एनसेलका सबै प्रिपेड तथा पोष्टपेड ग्राहकले १७१२६ मा डायल गरि यो योजना निःशुल्क सुचारु गरी लाभ लिन सक्छन् ।

त्यसैगरी, ग्राहकले अंग्रजीमा ‘ए’ टाइप गरी १७१२६ मा एसएमएस पठाएर पनि यो बोनस योजनामा सामेल हुन सक्छन्

प्रतिक्रिया दिनुहोस्
MBL