Logo

धौलागिरीमा टेलिकमको नयाँ प्रविधीको थ्रीजी सेवा, थप ५ वटा वीटीएस जडान

धौलागिरीमा टेलिकमको नयाँ प्रविधीको थ्रीजी सेवा, थप ५ वटा वीटीएस जडान


बिजखबर संवाददाता
0
Shares

काठमाडौंं । नेपाल टेलिकमले धौलागिरी अञ्चलमा जीएसएम प्रविधिको थ्रीजी मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । धौलागिरिको बिभिन्न २१ स्थानमा २१ वटा वीटीएस टावर जडान गरी उक्त सेवा संचालनमा ल्याएको हो । धौलागिरीमा १६ वटा वीटीएस टावर रहेकोमा थप ५ वटा जडान गरिएको समेत टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले धौलागिरीको बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ जिल्लाको सदरमुकाममा उक्त सेवा संचालनमा ल्याएको हो । यसैगरी मुस्ताङ जिल्लाको कैसाङ क्याम्प, म्याग्दीको पुलाचौर, पर्वतको पातीचौर र दुर्लङ तथा बाग्लुङको बिहुँकोट, दहपानी, थाना, हटिया, हरिचौर, भैरवस्थान, बुर्तिबाङ, अर्गललगायतका गाविसहरुमा थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याइएको हो ।

टेलिकमको यो सेवामार्पmत उपभोक्ताहरुलाई भ्वाइस सेवाको अतिरिक्त भिडियो च्याट, हाइ स्पिीड इन्टरेट, तथा १४ एमबीपीएससम्मको डाटा डाउनलोड तथा ५ दशमलव ७ एमबीपीएससम्मको डाटा अपलोड गर्ने सुविधा उपलब्ध हुनेछ ।

काठमाडौं उपत्यका लगायत सहरी र अन्य क्षेत्रमा सञ्चालनमा रहेको थ्रिजी सेवालाई सुदृढ तथा विस्तार गर्ने कम्पनीको योजना अनुसार हाल उपत्यका बाहिरका सहरी तथा ग्रामीण क्षेत्रका बिभिन्न स्थानहरुमा क्रमिकरुपले सेवा विस्तार गर्दै लगिएको टेलिकमको सह प्रवक्ता डिल्लीराम अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL